मालिका –७ घमिरका किसानलाई च्याउ खेती सम्बन्धि तालिम प्रदान 

0 102

मालिका गाउँपालिका सात घमिरका किसानलाई च्याउ खेती सम्बन्धि एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ ।  आइतबार वडा भित्रका ४५ जना किसानलाई च्याउ खेती सम्बन्धि आधारभुत तालिम दिईएको हो ।
वडा वासीको चाहाना अनुसार च्याउ खेती सम्बन्धि तालिमको आयोजना गरिएको वडा अध्यक्ष हिरा बहादुर कार्कीले बताए ।साथै व्यवसायीक रुपमा च्याउ खेती गर्न चाहाने किसानलाई वडाले सक्दो सहयोग गर्ने बताउदै त्यस तर्फ आकर्षित हुन उनले आग्रह समेत गरे ।

त्यस्तै यता सहभागी किसानले पनि तालिमले सहज भएको बताउदै , आगामी दिनमा थप तालिमको व्यवस्था गर्नु पर्ने माग गरेका छन् । तालिमको सहजीकरण गाउँपालिकाका कृषि शाखाका प्रमुख गोपाल भट्टराई र कमल रसैलीले गरेका थिए । वडा अध्यक्ष हिरा बहादुर कार्कीको अध्यक्षता तथा पशु प्राविधिक गोपाल कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।