नव प्रगतिशिल युवा क्लवद्धारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

0 276

‏अमर पन्थ ,बुटवल
श्री नव प्रगतिशिल युवा क्लव छत्रकोट -३, धरमपानी, गुल्मीले आज एक कार्यक्रमकाबीच नँया वर्ष -२०८० सालको भित्तेपात्रो( क्यालेन्डर) विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
छत्रकोट-३ नं. वडा कार्यालय भवनको प्रागंणमा आयोजित कार्यक्रमको प्रमुख अतिथी छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेय हुनुहुन्थ्यो भने विशेष अतिथी पालिका उपाध्यक्ष सावित्रा ज्ञवाली अतिथिहरुमा वडाध्यक्ष तेजकान्त अर्याल लगायत क्लवका सल्लाहकार, समाजसेवी लगायत धरमपानी आसपासका स्थानीयहरुको बाक्लो उपस्थिति थियो।

क्लवका अध्यक्ष जिवन पन्थको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य महिला उपाध्यक्ष मनिषा श्रेष्ठले गर्नुभएको थयो। कार्यक्रममा मन्तव्य प्रमुख अतिथी रामप्रसाद पाण्डेयले, विशेष अतिथी सावित्रा ज्ञवाली ,वडाध्यक्ष तेजकान्त अर्याल संस्थापक अध्यक्ष जनक पन्थ, सल्लाहकार संयोजक वैकुण्ठ प्र. पन्थ सल्लाहकार गंगा पन्थले राख्नुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पालिका अध्यक्ष पाण्डेयले यस क्लवले छत्रकोटको मात्र नभएर जिल्लाकै एक अब्बल क्लव भएकोमा प्रशंसा गर्दै, आगामी दिनमा सामाजिक काममा यस क्लव अझै सक्रिय रुपले लागीपरोस् भन्दै क्लवको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो।
शुभकामना मन्तव्य दिदै क्लवका संस्थापक अध्यक्ष जनक पन्थले आफ्नो नेतृत्वमा जन्माएको क्लव यो उचाईमा पुग्न सफल भएकोमा ख़ुशी व्यक्त गर्दैँ वर्तमान कार्यसमितिको उच्च प्रशंसा गर्नुभएको थियो, साथै उँहाले क्लवको पहिलो आजीवन सदस्य लिने घोषणा पनि गर्नु भएको थियो।

ad

क्लवका अध्यक्ष जिवन पन्थको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य महिला उपाध्यक्ष मनिषा श्रेष्ठले गर्नुभएको थयो। कार्यक्रममा विशेष अतिथी सावित्रा ज्ञवाली ,वडाध्यक्ष तेजकान्त अर्याल सल्लाहकार संयोजक वैकुण्ठ कँडेल सल्लाहकार गंगा पन्थले मन्तव्य संगै नयाँ वर्षको शुभकामना दिनुभएको थियो।

कार्यक्रमको संचालन क्लवका सचिव मेघराज कण्डेलले गर्नु भएको थीयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।