उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सम्पन्न

0 139

अजय खड्का
चैत्र २७, गुल्मी
रेसुङ्गा नगरपालिका ६ चेक्मीका कृषकहरुलाइ उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ ।
आइबार रेसुङ्गा कृषि तथा पशु विकास महिला सहकारी सस्थाको आयोजनामा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलद्वोज पन्थीले उक्त अनुदान वितरण गर्नुभएको हो । कार्यक्रममा ४५ जना कृषकहरुलाइ १ लाख ७८ हजार रुपैया उत्पादनमा आधारित अनुदान वितरण गरिएको छ । सबैभन्दा धेरै ११ वटा खसि बोका जिउदो तौलमा ४१५ किलो बिक्रि गरेकोमा निनचौर स्वावलम्बन महिला समुहकी सदस्य गोमा कुवरले सबैभन्दा धेरै अनुदान रकम रु ९ हजार सात सय नब्बे प्राप्त गर्नुभएको थियो । अनुदान वितरण गर्दै नगरप्रमुख पन्थीले कृषकहरु निर्धक्क साथ आफ्ना उत्पादनमा भएर काम आग्रह गर्दै आवस्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
सहकारि मार्फत जम्मा ३ सय सात खसि बोका बिक्री गरि नगद रु ५० लाख १७ हजार रुपैया कृषकले आम्दानि गरेका छन । यस सहकारीलाइ सहजिकरण हेफर इन्टरनेश्नल नेपालले गर्दै आएको छ । हाल यस सहकारीमा ४४० जना शेयर सदस्यहरु रहेका छन ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।