रिडर्स पब्लिक हाइ स्कुलको वार्षिक परिक्षाफल प्रकाशन

0 390

रिडर्स पब्लिक हाइ स्कुलको वार्षिक परिक्षाफल प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न भएको छ । बुधबार बिद्यालयको परिसरमा भएको कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ९ सम्मको नतिजा सार्वजनिक तथा पुरस्कार वितरण गरिएको हो । बिद्यालयका संथापक प्रिन्सिपल श्रीप्रसाद भलामीको अध्यक्षता रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निराञ्जन काउछाको प्रमुख आथित्यता रहेको थियो । यस्तै शिक्षक अभिवावक संघ अध्यक्ष तथा पदाधिकारी, अभिवावक एंव बिद्यार्थीहरुको सहभागीता रहेको थियो । बिद्यालयले आफ्नो पात्रो पनि विमोचन गरेको छ । बिद्यालयले यस बर्षदेखि गणित विषयलाई ब्यवहारिक, जीवनोपयोगी र सरल बनाउन गणित प्रयोगशालाबाट पठनपाठन सुरु गर्ने बिद्यालयका सहायक प्रिन्सिपल टिका भलामीले बताए ।

उनका अनुसार अनुशासन र संस्कार सहितको शिक्षा प्रदानका लागी बिद्यालय कटिबद्ध रहेको जनाए । नयाँ शैक्षिक सत्रका लागी चैत्र ३० गतेदेखि बैशाख ३ गतेसम्म भर्ना कार्यक्रम गर्ने जनाएको छ । बिद्यालयको नियमित पठनपाठन पनि बैशाख ३ गतेदेखि सुरु हुने छ । २०५० सालमा स्थापना भएको रिडर्स पब्लिक हाइ स्कुलले जिल्लामा छुट्टै स्थान बनाउन सफल भएको छ । रिडर्स पब्लिक हाइ स्कुलको वार्षिक परिक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्ने वक्ताले संस्थागत बिद्यालय तर्फ रिडर्सले गरेको कार्यको प्रशंसा गरेका थिए । आगामी दिनमा पनि गुणस्तरलाई कायम राख्न सुझाव दिएका छन । कार्यक्रममा बिद्यार्थिहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन प्रशासन संयोजक शिक्षक पुष्कर खड्काले गरेका थिए ।

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।