रेसुङ्गा माविले बैशाख ७ देखि ११ गते सम्म स्वर्ण जयन्ती मनाउदै

0 1,675

अजय खड्का
चैत्र ३०, गुल्मी
रेसुङ्गा माध्यामिक विद्यालयले आफ्नो स्वर्ण जयन्ती बिभिन्न कार्यक्रमहरु गरी मनाउने तयारी गरेको छ ।
विद्यालयले यहि बैशाख ७ देखि ११ गते सम्म औपचारीक रुपमा बिभिन्न कार्यक्रमगरी स्वर्ण जयन्ती समापन गर्ने तयारीमा जुटेको स्वर्ण जयन्ती मूल समारोह समितिले जनाएको छ ।
जयन्तीको अवसरमा हुने विद्यालयका विभिन्न कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । जसमा २ दखि ६ गते सम्म विद्यालयका आन्तरिक कार्यक्रमहरु, ७ गते सरस्वति पुजा, पि.टि प्रर्दशन, रेसुङ्गा ज्योति विमोचन, सम्मान कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रम र साँझ दीपावली लगाएतका कार्यक्रमहरु रहेका छन् । त्यस्तै ८ गते गुल्मी जिल्ला भित्रका मा.वि. स्तरीय छात्र भलिबल प्रतियोगिता(कक्षा ९–१०), हाजिरीजवाफ प्रतियोगिता(कक्षा ९–१०) र विविध सांस्कृतिक कार्यक्रम, ९ गते पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम, सम्मान कार्यक्रम, मा.वि स्तरीय भलिबल प्रतियोगिताको फाइनल र विविध सांस्कृतिक कार्यक्रमहरु हुनेछन् । १० गते शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षाफलको पुरस्कार वितरण, आन्तरिक भलिबल फाइनल, अभिभावक म्युजिकल चियर प्रतियोगिता र विविध सांकृतिका कार्यक्रम रहेका छन् । यस्तै स्वर्ण जयन्तीको अन्तिम दिन ११ गते समापन समारोह, झगरीचक्र स्मृति खेलकुल पुरस्कार वितरण, अक्षयकोष छात्रवृति वितरण, विद्यालय क्यालेण्डर विमोचन, राष्ट्रिय कलाकारद्धारा विविध सांस्कृतिक कार्यक्रम सहित साँझको दीपावली गरी समापन गरिने लगाएतका कार्यक्रमहरु तय गरीएको स्वर्ण जयन्ती मूल समारोह समितिका संयोजक तथा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष जयश्वर पन्थीले जानाकारी दिनुभयो ।
२०२५ साल भाद्र ६ गते स्थापना गरेर २०६१ सालमा पहिलो पटक एस.एल.सि. परिक्षा दिलाउन सफल भएको रेसुङ्गा माध्यमिक विध्यालयले २०७३ सालमा आईपुग्दा कक्षा ९ देखी १२ सम्म सिभिल इन्जिनियरिङ्ग र गत वर्ष देखी कक्षा ११ मा व्यावस्थापन र विज्ञान संकाय संचालन गरेको अध्यक्ष पन्थीले बताउनुभयो ।
यो विद्यालय २०६८ को एस्.एल.सिको नतिजा अनुसार गुल्मी जिल्लामा दोस्रो स्थानमा, ०७० र ०७४ मा जिल्ला प्रथम, ०७५ मा सामुदायिक विद्यालय अन्तरगत नेपालमै दोस्रो र लुम्बिनी प्रदेशमा प्रथम स्थानमा रहेको र ०७८ सालमा पनि लुम्बिनी प्रदेशमा प्रथम स्थान हासिल गर्न सफल भएको अध्यक्ष पन्थीले बताउनुभयो ।


अहिले विद्यालयमा १ हजार २३० जना बिद्यार्थीहरुले अध्ययन गरिहरेको विद्यालयमा ४७ जना शिक्षक शिक्षिका र ५ जना अन्य कर्मचारीहरु खटिएका छन् । विद्यालयले शैक्षिक सत्र २०८० को लागि समेत विद्यार्थी भर्ना खुलाएको छ । नर्सरी देखी कक्षा ९ सम्म र सिभिल इन्जिनियरिङ्ग तर्फ कक्षा ९ मा भर्ना खुलाएको सहायक प्रधानध्यापक भागिरथ भण्डारीले जानाकारी दिनुभयो । साथै यस शैक्षीक सत्र देखी विद्यार्थीको सुविधाकोलागि स्कुलबसको व्यवस्था गरेको भण्डारीले बताउनुभयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।