डिभिजन वन कार्यालय गुल्मीद्धारा अग्नि नियन्त्रणका सामग्रीहरू वितरण

0 247

सूर्य सुनार बैशाख १, गुल्मी

डिभिजन वन कार्यालय गुल्मीले जिल्लास्थित सुरक्षा निकायलाई अग्नि नियन्त्रणका सामग्रीहरू वितरण गरेको छ । हिउँदयाममा हुन सक्ने डढेलो नियन्त्रणका लागि खटिने सुरक्षाकर्मीका लागि कार्यालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई डिभिजन वन कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत खरिद गरिएका अग्नि नियन्त्रणका विभिन्न सामग्री दिएको हो ।

जिल्लाका विभिन्न सुरक्षा निकाय तथा सव डिभिजन वन कार्यालयलाई अग्नि नियन्त्रणको लागि आवश्यक सामग्री दिएको सहायक डिभिजन बन अधिकृत मुना शर्माले जानकारी दिइ्न । जसमा कार्यालयले सोटर, पञ्जा, सिम्पल क्याप मास्क, फुलब्यालक लेदर बुट, सेप्टी हेलमेट, ब्याक ब्याग फायर एकस्टिङ्गगुड स्प्रेयर लगायतका सामग्री दिएको हो ।

ad

सुख्खायाममा डढेलोको जोखिम हुने भएकाले सर्वसाधारण नागरिक, वन उपभोक्ता, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि लगायत सबै सचेत र सतर्क बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताउनुभयो । अग्नि नियन्त्रणको लागि आवश्यक सामग्री सहयोग गरेको प्रति प्रमुख जिल्ला अधिकारी पाठकले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
डिभिजन वन कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख रामकुमार चौधारीले केही भएपनि अग्नि नियन्त्रणको लागि सहयोग होस् भन्ने उदेश्यले सामग्री वितरण गरिएको बताए । जिल्लामा पछिल्लो समय डढेलोको जोखिम बढिरहेको पाइएकोले त्यस तर्फ सबै पक्ष सचेत र सहज हुनुपर्नेमा चौधारीले जोड् दिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।