महेन्द्र नमुना माध्यमिक विद्यालयको ७१ औ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

0 225

सूर्य सुनार बैशाख १ गुल्मी
गुल्मी जिल्लाको तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयले ७१ औ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १ स्थित विद्यालय परिसरमा उत्कृष्ट नतिजा लिने विद्यार्थी सम्मान गर्दै तथा वार्षिक अतिरिक्त क्रियाकलालका बिजेतालाई पुरस्कार वितरण गरेर विद्यालयले आफ्नो ७१ औं वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले सामुदायिक विद्यालयमध्ये जिल्लामै उत्कृष्ट विद्यालयको सूचीमा रहेको बताए । विद्यार्थी र विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि नगरपालिका र आफू प्रतिबद्ध रहेको बताउँदै नगरप्रमुख पन्थीले बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र सम्बन्धित सम्पूर्ण पक्षले विशेष भुमिका खेल्नुपर्ने बताए । महेन्द्र नमुना माध्यामिक विद्यालयको शौक्षिक क्षेत्रमा छुटै पहिचान रहेको हुँदा त्यसलाई यथावत राख्न आग्रह गरे । नगरपालिकाले शिक्षा क्षेत्रमा छुटै तरिकाले काम गरिरहेको नगरप्रमुख पन्थीको भनाई छ ।
विद्यालयले वार्षिक परिक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम समेत गरेको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णाप्रसाद मरासिनीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सालिकराम पन्थीको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख आथित्यता रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको थियो । शिक्षक सालिकराम पन्थीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।