अर्घाखाँची मैत्री समाज गुल्मीको वार्षिक साधारण सभा सम्पन्न

0 214

सूर्य सुनार बैशाख २ गूल्मी
अर्घाखाँची मैत्री समाज गुल्मीले १४ औँ वार्षिक साधारण सभा कार्यक्रम गरेको छ । शनिबार गुल्मीको सदरमुकाम तम्घासमा नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान गरि कार्यक्रम गरेको हो । जन्मभूमिप्रति दायित्वबोध, कर्मभूमिप्रति नवीन सोच भन्ने नाराका साथ समाजले कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले “जन्म दिने आमा र जन्मेको भएको ठाउँ कहिलै पनि बिर्सिन नहुने बताउनुभयो । जन्म दिने आमा भनेको र जन्म भएको ठाउँको छुटै महत्व रहेको बताउँदै जहाँ भए पनि आफ्नो ठाउँलाई माया गर्नुपर्ने भसालले बताउनुभयो । गुल्मी र अर्घाखाँची बिचको सम्बन्ध धेरै पहिले देखी राम्रो रहेको हुँदा त्यो सम्बन्धलाई सधै यथावत राख्न सबैले सकारात्मक काम र व्यवहार गर्नुपर्ने बताउनुभयो । अर्घाखाँचीका मान्छेले तम्घासमा धेरै पहिले देखी व्यवसायहरु संचालन गरेर बसेको बताउँदै भसालले भन्नुभयो, अर्घाखाँची र गुल्मीको सम्बन्ध थप प्रगाण बनाउनुपर्नेमा जोड् दिनुभयो ।
मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले गुल्मी र अर्धाखाँचीको पहिले देखी नै राम्रो सम्बन्ध रहेको हुँदा अझै सम्बन्धलाई बिस्तार गर्नुपर्ने बताउनुभएको थियो । राम्रो कामको थालनी एक आर्को बाट नै हुने हुँदा गुल्मी र अर्घाखाँचीका राम्रा कामहरु आदान प्रदान गरेर काम गर्दा धेरै राम्रो हुने भनाई राख्नुभएको थियो ।
अर्घाखाँची मैत्री समाज गुल्मीका अध्यक्ष गुणानिधी शर्माको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालको रहेको थियो । कार्यक्रमको संचालन सचिब कृष्णा वेल्वासेले गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।