बसपार्क र काउन्टर भवन अलपत्र

0 151

अनिल खत्री बैशाख ५ मंगलबार
गुल्मीको सदरमुकाम तम्घासको उदिनढुङ्गा बसपार्कमा टिकट काउन्टर भवन लामो समयदेखि अलपत्र परेको छ । गुल्मी क्षेत्र नं २ का अधिकांश स्थानमा छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनले उदिनढुङ्गा बसपार्क अत्यन्तै व्यस्त हुने गर्छ । तर, अति महत्वपूर्ण र व्यस्त बसपार्कको व्यावस्थापन नहुँदा नागरिक र यातयात व्यावसायीले वर्षौदेखि सास्ती खेपिरहेका छन् ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको टिकट काउन्टर भवन निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा आउन नसक्दा बसपार्क पनि व्यवस्थित हुन सकेको छैन् । उदिनढुंगा बसपार्कको टर्मिनल भवन करिव एक दशकमा निर्माण भएको छ । तर अझै व्यवस्थित हुन सकेको छैन् । बसपार्कमा बन्न सुरु गरेको भवन सञ्चालनमा नआउनु र व्यवस्थित हुन नसक्नु दुखद् विषय भएको स्थानीय बताउछन् ।
जथाभावी पार्किङ्ग, ग्यारेज र यात्रुको फोहोरले बसपार्क दैनिक प्रदुषित बन्दै छ । शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाले बसपार्क भवन निर्माण सुरु गरेको थियो । बसपार्क भवनको लागि ०७२ सालमा शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाले चार करोड ९१ लाखको स्टिमेट गरेको थियो । भवनको स्टिमेटमा शौचालय, प्रहरी बिट, टिकट काउन्टर लगायतका कोठाहरुको डिजाइन गरिएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालयल कार्यालयले स्थानीय तहलाई हस्तान्तरण गरेपछि नगरको समन्वयमा भवन संचालन गरिने उदिनढुङ्गा बसपार्क व्यावस्थापन समिति अध्यक्ष रामप्रसाद पन्थीले बताउनुभयो । पहिले संघले हेर्ने की प्रदेशले हेर्ने भन्ने विषयले गर्दा बजेट फ्रिज हुने गरेकाले निर्माण कार्यमा ढिलाई भएको पन्थीले बताउनुभयो ।
पहिले शहरी विकास तथा भवन डिभिजन कार्यालय कार्यालय पाल्पा मातहतमा रहेको भवन अहिले शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन इकाई, रुपन्देही मातहतमा छ । बसपार्क व्यवस्थित नभएका कारण उदिनढुङ्गा चोककोमा यातयात व्यावासायीका काउन्टर छन् । बसपार्कको राम्रो व्यावस्थापन नहुँदा सवैलाई सास्ती भएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।