गण्डकी इङ्लिस बोर्डिङ स्कुलको २० औँ बार्षिकोत्सव सम्पन्न

0 128

गण्डकी इङ्लिस बोर्डिङ स्कुल, रेसुङ्गा नगरपालिका (१ गुल्मीको २० औँ बार्षिकोत्सव एवम् नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि विद्यालयले शैक्षिक सत्र २०७९ को नजिता सार्वजनिक गरेको हो । विद्यालयले कक्षा आठमा छात्रा अनमिका परियारलाई ०७९ कै उत्कृष्ट विध्यार्थीको रूपमा पुरस्कृत गरेको छ । त्यस्तै कक्षा एलकेजी देखि नौ सम्मका विध्यार्थीहरूलाई कक्षामा उत्कृष्ट हुने एवम् विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिका उप(प्रमुख अमृता देवि कुँवरले गण्डकी इङ्गिस बोर्डिङ स्कुलले नगरपालिकाको समेत शैक्षिक गुणस्तरमा उल्लेख्य योगदान गरेको भन्दै आगामी दिनमा पनि थप प्रगतिको शुभकामना व्यक्त गरिन् । त्यसका साथै उनले आगामी दिनमा विध्यालयलाई नगरपालिकाको तर्फबाट हुने सबै सहयोग उपलब्ध गराउने बताइन् ।
कार्यक्रममा सह( प्रिन्सिपल सुनिल बस्नेतले विध्यालयको प्रगति विवरण पेश गरेका थिए । उनले विद्यालयको प्रतिवेदन पेश गर्दै विद्यालय नँया ढङ्ग बाट अगाडी बढिरहेको बताउँदै प्रविधी संगै विद्यालय अगाडी बढेको बताए ।
गत बर्षभन्दा यस बर्ष आधारभूत र माध्यमिक तहमा शैक्षिक उपलब्धि बृद्वि भएको छ । यस बर्ष विध्यालयले आधारभूत तहमा ८० र माध्यमिक तहमा ८५ प्रतिशत शैक्षिक उपलब्धि पुर्याउने लक्ष्य लिएको छ । विध्यालयले बार्षिक जेहन्दार २६, विपन्न १९, दलित सात, अपांग पाँच र मुस्लिम समुदायबाट सातजनालाई छात्रवृत्तिको व्यवस्था गरेको छ । अतिरिक्त क्रियाकलापअन्तरगत गत बर्ष लुम्बिनी प्रदेश स्तरीय वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगितामा द्वितीय, जिल्लास्तरीय वक्तृत्वकलामा प्रथम, जिल्लास्तरीय नृत्य प्रतियोगितामा द्वितीय एवम् जिल्ला स्तरीय गायन प्रतियोगितामा तृतीय भएको सह(प्रिन्सिपल बस्नेतले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख लोकनाग मरासिनी, नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर मरासिनी, पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याल, विभिन्न संस्थाका प्रमुख एवम् प्रतिनिधि, शिक्षक अभिभावक संघ एवम् विध्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरू, पत्रकार, अभिभावक, विध्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विध्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद पाण्डेको अध्यक्षता तथा शिक्षक अनिश सुवानीको संचालनमा सम्पन्न भएको थियो ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।