तम्घास बजारमा सडक मिचेर बनाइएका घरका पेटी भत्काउन सुरु

0 113

८ वैशाख, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घास बजारमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नगरपालिकाले तम्घास बजारको उदिनढुंगा क्षेत्रबाट सडक मिचेर बनाइएका घरका पेटी भत्काउन थालेको हो ।

नगरपालिकाले केही दिन अघि रेखाङ्कन गरेर घर धनीलाई आफैं भत्काउन आग्रह गरेको थियो । तर घर धनीले नभत्काएपछि नगरपालिकाले डोजर प्रयोग गरेर भत्काउन थालेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

मापदण्डविपरीत घरका पेटी भत्काएपछि सडक कालोपत्रे गर्ने काम पनि अगाडि बढ्ने नगरपालिकाले जनाएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।