चन्द्रकोटमा नागरिकता तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

0 127

गुल्मीको चन्द्रकोट गाउँपालिकाको आयोजनामा व्यक्तिगत घटना दर्ता, नागरिकता, राहदानी, शान्ति सुरक्षा एवम् विपद् व्यवस्थापन लगायतका साझा विषयहरुमा सम्बद्ध नियकायहरुसँगको अन्तरक्रिकाय कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष युवराज केसीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, प्रहरी उपरिक्षक नविन किशोर प्रधान, अनुसन्धान अधिकृत विनय कुमार चतुर्वेदी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल, वडा अध्यक्षहरु विभिन्न शाखामा कार्यरत कर्मचारीहरु वडा सचिब तथा वडा सहायक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले समय मै व्यक्तिगत घटना दर्ता गर्न आग्रह गरेका थिए । समय मै ब्यक्तिगत घटना दर्ता गर्दा नीति निर्माण, सेवा प्रवाह, विकास निर्माणलगायतका लागि आवश्यक परेको समयमा तथ्याङ्क प्राप्त गर्न सहज हुने उल्लेख गरेका छन । जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेद जस्ता घटनालाई ३५ दिनभित्र नजिकको वडा कार्यालयमा दर्ता गर्नुपर्ने हुन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेदका घटना गरी अहिलेसम्म ४८ लाख ४५ हजार ९ सय १३ व्यक्तिगत घटना अनलाइनमार्फत् दर्ता भएका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।