रेसुङ्गा माध्यमिक विद्यालयद्वारा पुर्व विद्यार्थी मञ्च गठन

0 1,710

अजय खड्का
बैशाख ९,गुल्मी ।
रेसुङ्गा माध्यमिक विद्यालयले पुर्व विद्यार्थी मञ्च गठन गरेको छ ।
शनिवार रेसुङ्गा नगरपालिका २ स्थित रेसुङ्गा माध्यमिक  विद्यालयको स्वर्णजयन्ती अन्तर्गत तेस्रो दिन पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रमको अवसरमा पुर्व विद्यार्थी मञ्च गठन गरेको हो।
उक्त विद्यालयका पुर्व विद्यार्थी रामप्रसाद पन्थीको नेतृत्वमा ११ पदाधिकारी सहितको कार्यसमिति गठन गरिएको छ । जसको अध्यक्ष रामप्रसाद पन्थी, उपाध्यक्ष महेश्वर घिमिरे, सचीव गोपालप्रसाद पन्थी, सह-सचीव जिवन मरासिनी, कोषाध्यक्ष कृष्णप्रसाद पन्थी, सदस्यहरुमा देवराज पाण्डेय, नारायणप्रसाद आचार्य, ॠषि पाण्डे, अजय खड्का, मिना केसी पाण्डे र रुपा मरासिनी रहेका छन ।


विभिन्न कालखण्डमा यस विद्यालयमा अध्ययन गरि देश तथा विदेशमा रहेका पुर्व विद्यार्थीहरु संग सम्पर्क स्थापित गर्ने र विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक पक्षमा सहयोगको अपेक्षा सहित पुर्व विद्यार्थी मञ्च गठन गरिएको विद्यालयका सहायक प्रधानध्यापक भागिरथ भण्डारीले बताउनुभयो ।
यस्तै शनिबार २२० जना पुर्व विद्यार्थीहरुलाइ सम्मान गरिएको छ । ७ गते देखि सुरु भएको  विद्यालयको स्वर्णजयन्ती कार्यक्रम ११ गते विभिन्न कार्यक्रम सहित राष्ट्रीय कलाकारद्वारा विविध सास्कृतिक कार्यक्रम गरि समापन गरिने स्वर्ण जयन्ती मुल समारोह समितीले जनाएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।