युवालाई गाउँमै ड्राइभिङ तालिम

0 119

सन्तोष महतारा बैशाख १३

गुल्मीको मालिका गाउँपालिकाले युवालाई गाउँमै ड्राइभिङ तालिम दिएको छ । सीप सिकाएर आत्मनिर्भर बनाउनको लागि गाउँपालिकाको वडा नम्बर ८ मर्भुङ्गले १४ युवालाई तालिम दिएको हो ।

वडाको आयोजना तथा वेलवास प्रि ट्रायल सेन्टर बुटवलको सहजीकरणमा १५ दिने तालिम दिएको वडाध्यक्ष सुर्यबहादुर जिसीले जानकारी दिनुभयो । युवाले पुर्ण रुपमा तालिम निःशुल्क लिनुभएको हो । गत चैत २५ देखि बैशाख १० सम्म तालिम संचालन भएको हो ।

ad

सीप सिकेपछि प्रतिनिधिको रुपमा अशोक जिसीले गाउँमै निःशुल्क ड्राइभिङ तालिम पाएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले आफुहरू सीप सिकेपछि अब व्यवहारिक रुपमा अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

युवा लक्षित उक्त कार्यक्रमले आत्मनिर्भर बनाउन प्रेरित गर्नेछ । सिकेको सीपलाई रोजगारतर्फ उन्मुख गराउनको लागि सबै युवालाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले आग्रह गर्नुभएको थियो । सीपलाई व्यवहारिक बनाएमा मात्र सीप सिक्नुको अर्थ हुने उहाँको भनाइ छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।