बजेट तथा नीति कार्यक्रमका लागि चन्द्रकोटमा सुझाव संकलन

0 1,133

महेश बोहरा, बैशाख १३ गुल्मी । चन्द्रकोट गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी बजेट तथा नीति कार्यक्रमका लागि सरोकारवालाहरूसँग रायसुझाव संकलन तथा अन्तरक्रिया गरेको छ । विभिन्न चरणमा गरिएका कार्यक्रममा विभिन्न सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

पहिलो चरणमा सामुदायिक वनका उपभोक्ता समूह, खानेपानी उपभोक्ता समुह तथा दोश्रो चरण अन्तर्गत विभिन्न महिला समूह, आमा समूह र क्लवका प्रतिनिधिहरू सँग सुझाव संकलन कार्यक्रम सम्पन्न गरिएको हो । असार दोस्रो साता स्थानीय तहले बजेट ल्याउँदै छन् । बजेटअघि स्थानियतहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।


पालिका निर्माण गर्ने जिम्मेवारी सबैको हुने भन्दै सरोकारवालाहरु विकास योजना निर्माणमा जुटेका हुन् । जनप्रतिनिधि आएपछि उनीहरूले मात्रै बजेट निर्माण गर्छन् भन्ने आरोप आइरहेका बेला चन्द्रकोट गाउँपालिकाले टोल, वडा हुँदै पालिकास्तरमै सरोकारवालासँग सुझाव मागेको गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताए । सबैका रायसुझाव समेटेर सबै पालिकावासीको हित हुनेगरी दीर्घकालीन योजना ल्याउने उनको भनाई छ । कुनै सल्लाह सुझाव वा जिज्ञासा भएमा गाउँपालिकालाई दिन पनि आग्रह गरेका छन् ।

ad

अन्तरक्रियाबाट निचोड निकालेर नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले बताए । ०८०/८१ को बजेटले समावेश गर्नुपर्ने क्षेत्र, बजेट निर्माण प्रक्रिया बजेटको प्राथमिकता, बजेट कार्यान्वयनले पार्ने प्रभावलगायतबारे प्रमुख प्रशासकीय अधिकृत भुसालले प्रकाश पारेका थिए ।


बजेट कार्यान्वयन गर्न नागरिकको सहभागितामा योजना छनोट गरेमा आफ्नै योजना हुन् भन्ने अपनत्व आमनागरिकलाई गराउनका लागि पनि यस्तो खालको छलफल प्रभावकारी हुने चन्द्रकोटका सरोकारवालाहरुको भनाई रहेको छ ।
गाउँपालिका अध्यक्ष युवराज केसीको अध्यक्षता रहेको उक्त कार्यक्रममा अन्तरक्रियाको आवश्यकता, औचित्यता तथा प्रभाव बारे प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी गराएका थिए । कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, वडा अध्यक्ष तथा वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक पृथवहादुर कार्की, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी, कालीगण्डकी–चन्द्रकोट सव डिभिजन वन कार्यालयका प्रमुख वावुराम न्यौपाने, विभिन्न सामुदायिक वन, खानेपानी उपभोक्ता समिति, आमा समूह, महिला समूह, युवा क्लवसँग आवद्ध पदाधिकारीहरूको सहभागीता रहेको थियो ।

 

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।