नेकपा एमाले रेसुङ्गा नगरकमिटीद्धारा रेसुङ्गा नगरपालिकालाई ज्ञापन पत्र

0 292

सूर्य सुनार बैशाख १३, गुल्मी
नेपाल कम्युनिष्ट पार्टी एमाले रेसुङ्गा नगर कमिटीले रेसुङ्गा नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बुधबार एक कार्यक्रमका बिच नेकपा एमाले रेसुङ्गा नगर कमिटी अध्यक्ष हरिप्रसाद पोखरेलले उपप्रमुख अमृतादेवी कुँवरलाई ज्ञापन पत्र बुझाएका हुन् ।

रेसुङ्गा नगरपालिकाबाट सम्पादन हुने काम कार्वाहीले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएकोले पेश गरेका विषयलाई अविलम्ब सच्चाउनका लागि जोडदार माग गर्दै ज्ञापन पत्र बुझाएको हो । रेसुङ्गा नगरपालिकामा स्थानीय निर्वाचन भएको एक वर्ष पुग्न लागेको यो एकवर्षमा एकपछि अर्को गर्दै लगातार विधि प्रकृया मिचेर एकपक्षीय स्वेच्छाचारी ढंगल कार्यसम्पादन हुँदै आएको, योजनाको छनौट, बजेट वितरण र योजनाको कार्यान्वयन, सरकारी अनुदान तथा सहयोगको वितरणमा भएको स्वेच्छाचारी र विभेदकारी कार्य अविलम्ब सच्चाउन माग गरेको छ ।

त्यस्तै स्वेच्छाचारी कार्यशैलीकै सिलसिलामा तम्घास बजारको बाटो स्तरोन्नतीमा भएको सम्झौता विपरित, सरोकारवालसँग छलफलबिना मनपरी ढंगले हठात वैज्ञानिक मापदण्ड बिना बाटो विस्तार गर्ने काम भएको, मदन भण्डारी राजमार्गको रुट तथा मापदण्ड यकिन नभई मनपरी ढंगले गरिएको तोडफोडले सरोकारवालामा सास्ती पैदा भएको उल्लेख गर्दै सार्वजनिक सम्पतिमा बनेका घर तथा अतिक्रमित जग्गामा केही नगर्ने तर हचुवाका भरमा भएका यी कार्यहरु आफैमा जनविरोधी भएको ज्ञापन पत्रमा भनिएको छ ।
रेसुङ्गा नगरपालिकामा जनप्रतिनिधिका आफन्त तथा कर्मचारीलाई कोटेशन दिई गुणस्तरहीन काम गराउने, सामान खरिद गर्ने कार्य भएको भन्दै यस्तो कार्य नगराउन ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ad

जस्तापाता लगायतका सामग्री तथा आर्थिक सहयोग वितरणमा चरम पक्षपात गर्दै मनपरी वितरण भएको पाइएको छ। गाडी इन्धन र कार्यक्षेत्र बाहिरको भ्रमण लगायतमा मापदण्डविपरीत खर्च गर्ने राज्यको सम्पति दुरुपयोग गर्न अविलम्ब बन्द गर्न माग गरेको छ । कर्मचारी भर्ना विधि प्रक्रिया विपरित अपारदर्शी ढंगले भएको हुँदा विधि प्रकृया र पारदर्शी ढंगले कर्मचारी नियुक्त गर्न माग आग्रह गरिएको छ ।

रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले नगरपालिकाबाट कुनै पनि काम नियम विपरित नभएको बताउँदै यदी त्यस्तो भए सच्चाएर काम कार्वाही अगाडी बढाउने बताइ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।