गुल्मीको रेसुङ्गा विमानस्थलमा वायुसेवा निगमको जहाजबाट सफल परीक्षण

0 125

महेश बोहरा, बैशाख १५, गुल्मी

गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजबाट आज सफल परिक्षण भएको छ । शुक्रबार बिहान निगमको डीएचसी–६ ट्वीनअटर जहाजले सफल परिक्षण उडान गरेको हो । बिहान ६ः३० बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज ७ ः१५ बजे गुल्मीको रेसुङ्गा विमानस्थलमा अवतरण गरेको क्याप्टेन मनेष बिष्टले बताउनुभयो । उहाँका अनुसार अबको एक हप्तामा निगमको जहाजले नियमित उडान गर्नेछ । परिक्षण उडानमा निगम र नागरिक उड्ययन प्राधिकरण क्यानका प्राविधिक आउनुभएको थियो ।

निगमले प्रति यात्रु ६ हजारका दरले भाडा दर कायम गरेको छ । जहाजमा ४० देखि ४५ मिनेटसम्म मात्र आवतजावतको समय रहनेछ । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले काठमाडौंमै गई लामो समयसम्मको प्रयास गरि नेपाल एयरलाइन्सले परिक्षण गरेको बताउनुभयो । निगम र रेसुङ्गा नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भइसकेको छ ।

ad

निगमको जहाजले अब प्रत्येक शुक्रबार नियमित उडान गर्नेछ । यात्रुको ग्यारेण्टी यहाँ यसअघि तारा एयरको विमानले परिक्षण उडान गरेको थियो । उसले प्रति यात्रु ८ देखि ९ हजार सम्म भाडादर कायम गरेपछि भाडादरमा सहजका लागि नेपाल वायुसेवा निगमको जहाजसँग नगरपालिकाले सम्झौता गरेको हो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।