मुसिकोट माविमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन

0 103

मुसिकोट माध्यामिक विद्यालयमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ स्थित बारुकामा रहेको विद्यालयले विद्यार्थी किशोर अधिकारी अध्यक्षतामा ११ सदस्य समिति गठन गरेको हो ।

उपाध्यक्षमा विमला कुँवर, सचिब प्रबिण बि.क, कोषाध्यक्ष अमृता शाही गरी ११ सदस्य समिति गठन गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा ठूलापोखराका सहकोषाध्यक्ष सुमेन्द्र सिंह ठकुरीले जानकारी दिए ।

विद्यालयका सहायक प्रध्यानाध्यापक ज्ञानिस्वर आचार्यको प्रमुख आतिथ्यता र शिक्षक नायक हिमाल गौतम, सह नायक सरस्वती तम्नामी उपस्थितीमा सर्कल गठन भएको हो ।

ad

विद्यालयमा हुने विभिन्न किसिमका क्रियाकलापमा रेड्क्रसले सहयोग गर्ने र सहयोगिको भावना हुनुपर्ने कुरामा विद्यार्थीलाई सिकाइएको थियो । विद्यार्थीको अनुशासन नै प्रमुख गहना भएको हुँदा कुनै पनि क्रियाकलाप गर्दा अनुशासित ढङ्गबाट प्रस्तुत हुन आग्रह गरिएको थियो ।

 

 

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।