सूर्य सुनार बैशाख १५, गुल्मी
मुसिकोट नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ। नगरप्रमुख जीवन खरेलले बिहीबार वडा नम्बर ३ दोलादी पुगेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आरम्भ गर्नुभएको हो । लाभग्राहीको सुविधालाई ध्यानमा राखी नगरप्रमुख खरेलले ज्येष्ठ नागरिकलाई भत्ता दिएर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आरम्भ गर्नुभएको हो ।
मुसिकोट नगरपालिका–३ का वडाध्यक्ष शंकर रायमाझीले वडाका झन्डै २७९ लाभग्राहीलाई वडा कार्यालयबाटै भत्ता प्रदान गर्न सुरु गरिएको जानकारी दिनुभयो । चालू आर्थिक वर्ष २००७९÷०८० को तेस्रो त्रैमासिक भत्ता वितरण कार्यक्रम अन्तर्गत बिहीबार पहिलो दिन ज्येष्ठ नागरिकलाई भत्ता गरिएको छ । बिहीबार झन्डै १७९ ज्येष्ठ नागरिक र एकल महिलालाई भत्ता वितरण गरिएको वडाध्यक्ष रायमाझीले बताउनुभयो। त्यस्तै दोस्रो दिन एक सय जनालाई वितरण गरिएको रायमाझीले बताउनुभयो । भत्ता वितरणका लागि वडाका जनप्रतिनिधि तथा ग्लोबल बैक शाखाका कर्मचारी खटिनुभएको थियो ।
लाभग्राहीलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउन वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको नगरप्रमुख जीवन खरेलले बताउनुभएको छ ।
वडाध्यक्ष शंकर रायमाझीले चुनावमा वोलेको कुरा एक पछि आर्को पुरा गर्दै गएको बताउनुभयो । वडा स्तरबाटै नागरिकले सामाजिक सुरक्षा भत्ता पाउँदा खुशी भएको रायमाझीको भनाई छ । वडामा आफू निर्वाचित भएर आएपछि धेरै विकासका काम गर्न सफल भएको दाबी समेत गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटनका विषयमा वडा र नगरपालिकाबाटै नयाँ र रचनात्मक काम भएको उल्लेख गर्नुभयो ।