प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै गुल्मीका कानुन व्यवसायीहरु

0 142

बैशाख १७ गुल्मी, प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायीहरुले आजबाट विरोध प्रदर्शन सुरु गरेका छन। नेपाल बार एशोसिएसन गुल्मीमा रहेका कानुन ब्याबसायीले आजबाट एक हप्तासम्म आन्दोलन गर्ने जनाएका छन ।
नेपाल बार एशोसियशनले विभिन्न माग राख्दै आन्दोलन सुरू गरेको छ। प्रधानन्यायाधीश नियुक्तिलगायत विभिन्न ८ माग राख्दै बारले आइतबारदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका साथै न्यायापालिकालाई सुधार गर्नुपर्ने, सरकारले संवैधानिका दायित्व पूरा गर्नुपर्ने, संवैधानिक परिषद्को बैठक अविलम्ब बोलाउनुपर्ने लगायतका माग राखेको छ। बारले सर्वोच्च अदालत लगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीशहरु यधाशीघ्र नियुक्त गर्न पनि माग गरेको छ।

राष्ट्रिय सभामा पेस भएको मर्यादासम्बन्धि विधेयकमा पनि बारले असहमति जनाएको छ । उक्त विधेयकमा प्रधानन्यायाधीशको मर्यादाक्रम चौथो स्थानबाट घटुवा गरी पाँचौं स्थानमा राखिएको भन्दै बारले त्यसलाई सच्याउन सरकारको ध्यानाकर्षण गराएको थियो। सरकारलाई दबाब दिनका आइतबारदेखि एक सातासम्म प्ले कार्ड लिएर प्रदर्शन गर्ने बारका गुल्मी जिल्ला अध्यक्ष चिरञ्जीवी शर्माले जानकारी दिए । बारका पुर्व अध्यक्ष गोपाल खनालले दुई बर्ष प्रधान न्यायाधीश नहुदा न्याय सम्पादनमा गम्भीर असर परेको बताए । उनले सरुवा, बढुवा सहित अदालतको कार्यसम्पादन अप्ठ्यारोहरुमा सहजीकरण गर्ने ब्यती नहुदा कानुन ब्याबसायीसहिर नागरिकमा समेत न्यायलयप्रती बितृष्णा बढेको बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।