नेपाल पत्रकार महासंघ गुल्मीको १० औँ साधारण सभा सम्पन्न

0 127

बैशाख १७, गुल्मी

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको १० औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम तम्घासमा महासंघले १० औँ साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाको अवसरमा पत्रकारिताको माध्यमबाट समाजमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । जिल्लाका पूर्व पत्रकार एवम् हाल किरण पुस्तकालयका संस्थापक शशि पन्थीलाई पञ्चायतीकालदेखि नै पत्रकारिताको माध्यमबाट पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । त्यस्तै पत्रकार महासंघ, गुल्मीका निवर्तमान एवम् पूर्व अध्यक्षहरुलाई संस्थागत विकासमा सहयोग गरेकोमा सम्मान गरिएको छ । संस्थापक अध्यक्ष हरी कुमार श्रेष्ठ, पूर्व अध्यक्ष जनार्दन घिमिरे, घनश्याम गौतम र निर्वतमा अध्यक्ष नवराज भुसाललाई सम्मान गरिएको अध्यक्ष टोपलाल अर्यालले बताउनुभयो । कार्यक्रमकै अवसरमा पत्रकार महासंघको स्थापना दिवसको अवसरमा उपल्लो तम्घास माविमा फरक क्षमता भएका बालबालिकाहरुको स्वास्थ्य परीक्षणमा सहयोग गर्ने गुल्मी अस्पताल र आँखा उपचार केन्द्रलाई पनि सम्मान गरिएको छ ।

त्यसैगरी विभिन्न पत्रकारिता पुरस्कारबाट जिल्लाका तीन पत्रकारहरुलाई सम्मान गरिएको छ । केशरजित पत्रकारिता पुरस्कारबाट बी टेलिभिजनमा कार्यरत अमृता गाहा मगर एवम् सिर्जनशिल पत्रकारिता पुरस्कारबाट रेडियो रेसुङ्गामा कार्यरत मनु सुनार र रेडियो श्रृङेश्वरमा कार्यरत माधव ज्ञवालीलाई सम्मान गरिएको महासंघका सह–सचिव तिलाचन पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा सचिव प्रेम सुनारले संस्थाको इतिहास सहित प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाबाट महासंघका साधारण सदस्यहरु बिरामी परेमा उपचारको लागि राहत रकम प्रदान गर्न १५ लाख बराबरको राहत कोष स्थापना गर्ने कार्यविधि पारित गरेको छ ।

ad

त्यसैगरी उत्कृष्ट पत्रकारिता गर्नेलाई पुरस्कृत गर्नको लागि पनि १ लाख बराबरको कोष स्थापना गर्ने गरी कार्यविधि पारित गरिएको छ । कार्यक्रममा हालको कार्यसमितिले कोभिडको समयमा गरेको कार्य सम्बन्धि संक्षिप्त भिडियो डकुमेन्ट्री समेत प्रस्तुत गरेको थियो ।
कार्यक्रमकै अवसरमा महासंघमा आवद्ध सदस्यहरुको सुद्धिकरणका लागि निवर्तमान अध्यक्ष नवराज भुसाल, जनार्दन घिमिरे र महासंघका सह–सचिव तिलाचन पाण्डे सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि स्थानीय तहले विशेष किसिमको नीति तथा कार्यक्रम र बजेट बिनियोजन गनुपर्ने बताए ।

महासंघले अहिले सदस्य सुद्धिकरणका लागि अभियान चालेको भन्दै त्यसलाई जिल्लाले पूर्णता दिनुपर्ने पोखरेलले बताए । अध्यक्ष पोखरेलले मुलुकको परिवर्तनका लागि नेपाली पत्रकारिता जगतले अग्रणी भूमिका खेलेको उल्लेख गरेका छन । नेपालमा व्यवस्था परिवर्तनमा लेखेर मात्र होइन भौतिक रुपमा उपस्थिति जनाएर लोकतन्त्र प्राप्तिका लागि नेपाली पत्रकारले अग्रणी भूमिका निभाएका कारण विश्वले नै नेपाली पत्रकार र पत्रकारिता जगतलाई फरक आयामका रुपमा चिन्ने गरेको बताए । अध्यक्ष पोखरेलले पत्रकारले पस्केका सामग्रीप्रतिको विश्वसनीयता माथि पनि प्रश्न उठ्ने गरेकाले नैतिक धरातलमा उभिएर काम गर्न पत्रकारहरुलाई निर्देशन समेत दिए ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख तथा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले पत्रकारिता लोकतन्त्रको पहरेदार भएको बताएका छन । थुप्रै परिवर्तनमा नेपाली पत्रकारिताले खेलेको भूमिका महत्वपूणर् रहेको बताउँदै पत्रकार बिनाको शासन व्यवस्था तानाशाह बन्ने धारणा राख । उहाँले कोभिड–१९, भुकम्प, बाढी पहिरो, आगोलागी लगायतका विपतजन्य अवस्थामा गुल्मेली पत्रकारले खेलेको भूमिकाको प्रशंसा गर्दै पत्रकार सामाजिक कार्यमा पनि जोडिएका छन् भन्ने सन्देश प्रवाह गरेको बताए ।

गुल्मी जिल्लाका वरिष्ठ साहित्यकार तथा पत्रकार शशी पन्थीले नेपालमा धेरै ठूलो परिवर्तन पत्रकारितामा आएको उल्लेख गरेका छन । ‘पेशागत रुपमा हुने सुरक्षा र आर्थिक रुपमा भोग्नुपर्ने कठिनाइसँग पत्रकारहरु जुधिरहेका छन् ।’ उनले भने –‘सरकारले राम्रो नीति बनाएर पत्रकारलाई प्रोत्साहन गर्नुपर्छ ।’ साहित्यकार र पत्रकारले कलम चलाएर सहज ढंगले आर्थिक जीवनयपन गर्न कठिन भइरहे पनि समाज परिवर्तन र रुपान्तरणका लागि महत्वपूणर् भूमिका खेलिरहेको बताए ।

सोही अवसरमा गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य गणेश सारू, नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ, गुल्मी उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तारा भुसालले शुभकामना मन्तव्य दिंदै गुल्मेली पत्रकारहरुले सामाजिक कार्यमा खेलेको भूमिका प्रति धन्यवाद ज्ञापन गर्दै निडर, निर्भिक रुपमा कलम चलाउन पत्रकारहरुलाई शुभकामना दिए ।
यस्तै राजनैतिक दलका तर्फबाट नेकपा एमालेका नेता कृष्ण सुनार, नेकपा माओवादी केन्द्रका नेता अशोक थापा, जनता समाजवादी पार्टीका नेता घनश्याम पाण्डे, एकिकृत समाजवादी पार्टीकी नेतृ कमला बराल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रामकुमार क्षेत्रिले निष्पक्ष रुपमा कलम चलाउन आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालको अध्यक्षता, उपाध्यक्ष रेशम कुँवरको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव प्रेम सुनारले गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।