चन्द्रकोट गाउँपालिकाद्धारा कृषि फर्म अनुगमन

0 1,763

महेश बोहरा, बैशाख १८ गुल्मी ।
चन्द्रकोट गाउँपालिकाले कृषि ज्ञान केन्द्र गुल्मीद्धारा संचालित स्मार्ट कृषि कार्यक्रमका योजनाहरुको अनुगमन गरेको छ । स्मार्ट कृषि कार्यक्रमका पदाधिकारी सहित गाउँपालिकाको कृषि, पशु प्राविधिक लगायत गाउँपालिका अध्यक्ष युवराज केसी सहितको टोलीले सोमबार अनुगमन गरेको हो । गाउँपालिकाको विभिन्न ठाउँहरुमा संचालित योजनाहरुको अनुगमन गरिएको छ ।
नेटापोखरा, भेडिखाल्टामा लालबहादुर थापा, गोकुल कार्की, केशव शर्मा लगायतका व्यवसायिक बाख्रापालक कृषकको खोरमा पुगेर संभावना र समस्याका विषयमा छलफल गरिएको थियो । यस्तै गाउँपालिकाको वडा नम्बर ६ क्वाङ्दीमा व्यवसायिक तरकारी खेती गदै  आएका पदम गुरुङ्गको फर्मको पनि अवलोकन तथा अनुगमन गरिएको छ । उक्त छलफल तथा अनुगमनका क्रममा व्यवसायिक कृषकहरु उत्साहित बनेको गाउँपालिका अध्यक्ष युवराज केसीले बताए ।
उनका अनुसार केही कृषकहरु निराशा पनि बनेका छन । धेरै मात्रामा उत्पादन गर्दा बजारको समस्या हुने गरेको, जङगली जनावरले क्षती पु¥याएको लगायतका समस्याका कारण कृषकमा  निराशा छाएको उनले बताए । दुई तीन महिनामा २–३ लाखसम्म आम्दानी लिने कृषकहरु पनि रहेका छन । हाल आएर कृषकहरु व्यवसायिकता तर्फ उन्मुख भएको उनले बताए ।
पशुबिमा कार्यक्रमलाई प्रभावकारी बनाउन संघीय सरकारको ८० प्रतिशत र स्थानिय सरकाको २० प्रतिशतमा बाख्रामा पूर्णत निशुल्क बनाइएको छ । जङगली जनावरहरुले पशुपंक्षीमा क्षति पु¥याएमा राष्ट्रिय निकुञ्जले क्षतिफूर्ति दिने व्यवस्था रहेको बारेमा कृषकहरुलाई जानकारी गराईएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताए । कृषिको बजार व्यवस्थापनका लागी विभिन्न कम्पनीहरुसंग छलफल भएको उनको भनाई छ । बजार अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।