थानपती निमाविको अध्यक्षमा डिबी खड्का

0 1,250

बैशाख २३, गुल्मी  । गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपती निम्न माद्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा डिबी खड्का मनोनीत भएका छन ।

शिक्षाको नियम बमोजिम वडा शिक्षा समितिको सिफारिस र वडा समितिको निर्णय अनुसार खड्कालाई अध्यक्षमा मनोनीत गरिएको वडा अध्यक्ष सुर्य बहादुर जिसीले बताए ।

२०१५ सालमा स्थापन भएको सो विद्यालय गुल्मी पश्चिम क्षेत्रकै पुरानो विद्यालय मानिन्छ ।हाल यस विद्यालयमा एक सय ४२ जना विद्यार्थी अध्ययनरत रहेको शिक्षक राजु पौडेलले बताए ।

ad

यता अध्यक्ष डिबी खड्काले आफ्नो कार्यकालमा केही नयाँ र रचनात्मक काम गर्ने बताए । पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किरहेको र सबैको चाहाना अङ्ग्रेजी माध्यम रहेको कुरा आफुले राम्रो संग बुझेको बताउदै त्यस तर्फ आफ्नो ध्यान केन्द्रित रहेको उल्लेख गरे ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।