पवित्र भुमी बोलको सेलो गीतको म्यूजिक भिडियो सार्वजनिक

0 2,127

अजय खड्का
बैशाख २३, काठमाडौ ।
पवित्र भुमी बोलको सेलो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सनिबार कृपा इन्टरटेनमेण्टद्धारा संचालित सालभेशन टेभी नामक युट्युव च्यानल मार्फत उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । भिडियोको कारियोग्राफ सामुयल लामाले गर्नुभएको छ ।
गीतमा शब्द,संगित पास्टर यहोशु थोेक्राको रहेको छ भने गायक राजु बराइलीले स्वर दिनुभएको छ । तामाङ सेलो भाकामा रहेको यो गीत विभिन्न इसाई कार्यक्रममा नाच्न मिल्ने तरिकाको भएको र यस गीतका शब्दहरुले येशु ख्रिष्ट संसारमा आउनु पर्ने कारण र उहाको मृत्यू द्धारा पाएको अनन्त जिवनका विषयमा बयान गरेको यस म्युजिक भिडियोका निर्माता दानियल वाइबाको भनाइ छ । यस म्युजिक भिडियोमा सामुयल लामा, संजय माझी, आशिष तामाङ, अजय तामाङ र बरुन तामाङ मुख्य भुमिकामा रहेका छन् । भिडियोको सम्पादन बिनोद यक्खाले गर्नुभएको हो ।
कृपा इन्टरटेनमेण्ट मार्फत नेपाली भाषी इसाईहरुमा दास्रो कोसेलीको रुपमा यो म्युजिक भिडियो सार्वजनिक भएको सह– निर्माता एज्रा तामाङले जानाकारी दिनुभयो । यस भन्दा अगाडि ‘फुलबुट्टे चोलि सजिएर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको थियो । आगामि दिनमा अझ नेपाली लोक संस्कृति भल्काउने खालका गीतहरु उत्पादन गर्दै जाने योजना रहेको तामाङको भनाइ छ ।

भिडियो हेर्नुहोस ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।