गुल्मीका ३० वर्षीय जीवनको मोटरसाइकल दुर्घटनामा ज्यान गयो

0 308

 

पाल्पाको तिनाउ गाउँपालिकास्थित झुम्सामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सोमवार बेलुका बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख २६१४ नम्बरको टिपरले विपरित दिशातर्फ जाँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मीको छत्रकोट गाउँपालिका वडा नं ३ हर्दिनेटाका ३० वर्षीय जीवन पन्तको उपचारका क्रममा मृत्यु भएको हो। सिद्धार्थ राजमार्ग अन्तरगत पर्ने उक्त स्थानमा गम्भीर गाई भएका पन्तको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता, प्रहरी नायक उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।