अनिश्चितकालिन गुल्मी बन्द फिर्ता

0 936

राष्ट्रिय युवा संघ नेपाल गुल्मीले आज घोषणा गरेको गुल्मी बन्दको फिर्ता लिएको छ । अनिश्चित कालको लागि गुल्मी जिल्लाबाट बाहिर चल्ने लामो तथा छोटो दुरीका यातायात बन्द गराउने निर्णय गरेको थियो । बैशाख २५ गते राष्ट्रिय युवा संघ नेपाल गुल्मी सचिवालय सदस्य तथा छत्रकोट गाउँकमिटी अध्यक्ष समेत रहेका ३२ वर्षिय जीवन बाबु पन्तको गुल्मी देखी बुटवल जादै गर्दा बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख २६१४ नम्बरको टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो । बार्ताको लागि पहल भएको र सर्वसाधारणले सास्ती खेप्नु परेको बन्दै बन्द फिर्ता गरेको छ । समस्याको समाधान हुन नसके थप आन्दोलनका कार्यक्रम गर्ने उल्लेख छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।