गुल्मीको रेसुङ्गा विमास्थलबाट हप्ताको २ पटक नियमित उडान हुने 

0 177

 

गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले हप्ताको २ दिन उडान गर्ने  भएको छ । नागरिक उड्डयन प्राधिकरणले रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलवार र शुक्रवार उडान गर्न पाउने अनुमति दिएको हो ।  रेसुङ्गा नगरपालिका र नेपाल वायुसेवा निगमसँग नियमित उडान गर्ने बारे गत फागुनमा सम्झौता गरेको थियो । रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार लाग्नेछ ।

काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने समय तालिका रहेको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताए । रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने समय तालिका रहेको पन्थीले बताए ।

ad

काठमाडौंबाट रेसुङ्गा विमानस्थल सम्मको दुरी ५० मिनेटको रहेको छ ।  रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ ।

जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ मिलोमिटर कच्चीबाटो हुदै विमानस्थल पुग्न सकिन्छ । विमानस्थलमा गत वैशाख १५ गते नेपाल एयरलाइन्सको १८ सिट क्षमताका जहाजले परिक्षण उडान गरेको थियो ।

त्यस्तै गत पुस महिनाको २४ मा तारा एयरको १८ सिट क्षमताको जहाजले प्रर्दशन उडान गरेको थियो । विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको जहाजले धुले उडान गरेको थियो ।

०६३ सालमा रेसुङ्गा विमान स्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । तर ०६३ सालमा शिलान्यास भएपनि विमानस्थलको निर्माणको काम २०७२ पछि मात्र सुरु भएको थियो ।

रेसुङ्गा विमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ ।  १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो ।

विमानस्थलमा हालसम्म निर्माणमा करिव ३५ करोड खर्च भईसकेको छ । रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरि  १४ घर बस्ति बिस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरि गरिएको छ ।

विमानस्थल नियमित सञ्चालन भए गुल्मेली र छिमेकी जिल्लाहरुका नागरिकहरु सिद्धबाबाको जोखिमपूर्ण अबस्था यात्रा गर्नुपर्ने बाध्यता अत्य हुने स्थनीयको अपेक्षा रहेको छ । विमानस्थलबाट गुल्मी जिल्लासंगै जोडिएका जिल्लाहरु अर्घाखाँची, प्यूठान, बाग्लुंग, पाल्पा र स्याङजा जिल्ला सम्मका नागरिकले सेवा लिन सक्नेछन् ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।