टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित

0 98

काठमाडौँ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन् ।

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ (१) बमोजिम आजै सदनलाई पक्राउको जानकारी गराएका हुन् । रायमाझी नेकपा एमालेबाट अर्घाखाँचीबाट विजयी भएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएका रायमाझीलाई प्रहरीले आइतबार बेलुकी बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । एमाले सचिव समेत रहेका रायमाझीलाई पार्टीले यसअघि नै निलम्बन गरेको थियो । यसअघि पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धानलाई अघि बढाएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।