टोपलाल अर्याल,गुल्मी, बचाउ बचाउ । ए गाउँले हो पहिरोले घर पु¥यो । हामीलाई बचाउ । सोमबार दिउँसो करिव सवा २ बजे रेसुंगा नगरपालिका ७ कोबेदुखर्कमा कोलाहल मच्चियो ।
एम्बुलेन्सको साइरन र सुरक्षाकर्मीको भागदौडले स्थानीय छक्क परे । स्थानीय एक व्यक्तिको घरपहिरोले पुरेको थियो । केहिबेरमै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र रेडक्रसको टोली एम्बुलेन्स, डोजर र उद्धारका सामग्रीसहितघटनास्थल पुगे ।
सुरक्षाकर्मीले पहिरोमा घरसंगै च्याँपिएका परिवारका सदस्यलाई उद्धार गरेर प्राथमिक उपचारसंगै थप उपचारको लागिअस्पताल लगे । सुरक्षाकर्मीले घरसंगै पुरिएका खाद्यान्य र लत्ताकपडा निकालेपछि प्रहरीले घटनाको सर्जिमन मुचुल्का ग¥यो । डोजरलेअवरुद्ध सडक सुचारु ग¥यो । घटना स्थल पुगेका पत्रकार तथा संचारकर्मी र सुरक्षा निकायका टोलीले स्थलगत अनुगमन तथा घाइतेपरिवारको उद्धार, राहात र पुर्नस्थापनाका बिषयमा छलफल गरे ।
घटना दुरुस्तै । उद्धार र पात्रहरुको जिबन्त अभिनयले देख्नेहरु छक्कपरे । तर, अवस्था काल्पनिक हो । जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल प्रहरीले पहिरोको उद्धारकोबिषयमा डेमो प्रर्दशन गरेका थिए । सुरक्षा समितिले बेलाबेलमा सडक दुर्घटना, आगलागी, बाढि र पहिरोको उद्धारका बिषयमा डेमो गर्दैआएको छ ।
अब खोला किनारमा बाढिका बिषयमा डेमो गर्ने योजना रहेको सशस्त्र प्रहरी वल गुल्म गुल्मीका गुल्मपती सशस्त्र प्रहरीनायव उपरिक्षक निवनकुमार खड्काले जानकारी दिए । गुल्मी जिल्ला प्राकृतिक प्रकोपको दृष्टिकोणले जोखिममा रहेको जिल्ला हो ।जसका कारण थुप्रै मानवीय तथा भौतिक क्षति भइरहेको छ ।
सुरक्षा समितिको तर्फबाट नागरिकलाई बिपद्को बिषयमा जानकारबनाउने उदेश्यले विभिन्न प्रकारका डेमो प्रर्दशन गर्ने गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिए ।