स्नेहा नेपाली
३ जेठ, गुल्मी । गुल्मीमा ३० औं मदन आश्रित स्मृति दिवसको अबसरमा विचार गोष्ठी सम्पन्न भएको छ । मदन आश्रित स्मृति प्रतिष्ठान गुल्मीले बुधवार नेकपा एमाले गुल्मीको पार्टी कार्यालयमा ‘वर्तमान राजनितिक अवस्थामा जबजको औचित्य र महत्व’ विषयक विचार गोष्ठी कार्यक्रम गरेको हो ।
कार्यक्रममा मदन आश्रित स्मृति प्रतिष्ठान गुल्मीका सचिव हरिप्रसाद पोखरेलले वर्तमान राजनितिक अवस्थामा जबजको औचित्य र महत्व विषयमा कार्यपत्र पेस गरेका थिए । कार्यपत्र माथि गोपालप्रसाद खनाल, गोबिन्द्र गौतम, पदम अर्याल, गोपाल पाण्डे, सागिर मिया, कृष्ण विश्वकर्मा, कमला पुन, लोकबहादुर केसीले टिप्पणी गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सासद दिनेश पन्थी, राजेन्द्र अर्याल, नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी सदस्य राजेन्द्र अर्याल, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष कृष्ण सुनार, सचिव गणेश श्रीपाली लगायतले मदन भण्डारी र जबजको बारेमा मनतव्य राखेका थिए । कार्यक्रममा नेकपा एमाले समर्थक जिल्ला स्तरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
मदन आश्रित स्मृति प्रतिष्ठान गुल्मीका अध्यक्ष केशरबहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा प्रतिष्ठानका सदस्य रिता बराल पाण्डेको स्वागत मनतव्य रहेको थियो । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको सडक दुर्घटनामा वि।सं।२०५० साल जेठ ३ गते मृत्यु भएको थियो ।
पोखरामा भएको एमालेको जिल्ला अधिबेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउदै गर्दा भण्डारी र आश्रति चढेको पजेरो जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा जिप चालक अमर लामा जिवित रहनु र पछि उनको हत्या हुनुले नागरिकलो दुर्घटना रहस्यमय मान्दै आएका छन् ।
भण्डारी र आश्रति चढेको गाडी दासढुङ्गामा दुर्घटनामा परेको दिनको सम्झना गर्दै नेकपा एमालेले मदन आश्रति दिवस मनाउने गरेको छ ।