शिक्षक नियुक्ति बिषयको अनावश्यक टिप्पणीलाई इस्माको प्रस्टीकरण

0 112

सुमन महतारा, गुल्मी। गुल्मीको इस्मा गाउँपालिकामा करार शिक्षक पदपूर्तिका लागि स्थगित गरिएको परीक्षा शनिबार, आइतबार र सोमवार सञ्चालन गरिने भएको छ । बिहिबार इस्मा गाउँपालिकामा पत्रकारहरुसँग छलफलको क्रममा गाउँपालिका उपाध्यक्ष एवम् प्रवक्ता अधिवक्ता पार्वती कुँवरले इस्मा गाउँपालिकामा करार शिक्षक पदपूर्तिका लागि यस अघि गत शनिबार स्थगित गरिएको परीक्षा शनिबार ,आइतबार र सोमवार सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

यसअघि परीक्षा सञ्चालन गर्ने भनिएपनि व्यवस्थापनको पक्षमा आवश्यक तयारी गर्दा गर्दै पनि तयारी नपुगेकाले परीक्षा स्थगित गरिएको उहाँले बताउनुभयो । इस्मा गाउँपालिकाले यस अघि तय गरेको करार शिक्षक पदपूर्तिका लागि सञ्चालन गर्न लागिएको परीक्षा स्थगित भएपछि नागरिकस्तरमा विभिन्न टिकाटिप्पणी समेत भएको भन्दै उपाध्यक्ष कुँवरले सो दिन आवश्यक तयारी नपुगेकाले प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित विद्यालयका अध्यक्ष र प्रधानाध्यापकसँगको परामर्शमा नै परीक्षा सारिएको बताउनुभयो ।

‘बैशाख ३१ गते शिक्षकहरुको परीक्षा सञ्चालन गर्ने क्रममा कतिपय व्यवस्थापकीय कमजोरी गाउँपालिकाका भएकै हुन् । सो व्यवस्थापकीय कमजोरी हामीले स्वीकार्नै पर्छ ।’ उहाँले भन्नुभयो,–‘सोही दिन गाउँपालिकामा शब इन्जिनियर र उद्यम विकास सहजकर्ताको पनि परीक्षा थियो । हामीलाई दुईवटा परीक्षा फरक–फरक रुपमा सञ्चालन गर्नुपर्ने बाध्यता थियो । अर्कापट्टी झण्डै करार शिक्षक पदपूर्तिका लागि झण्डै ४० जना शिक्षकको पनि परीक्षा सञ्चालन गर्नुपर्ने थियो ।’

ad

परीक्षा सञ्चालन गर्न आवश्यक हल लगायतका कारणले परीक्षा सञ्चालन गर्न नसकेको बताउँदै उपाध्यक्ष कुँवरले यसअघि व्यवस्थापकीय कमजोरीका कारण रोकिएका परीक्षा शनिबारदेखि सञ्चालन हुने बताउनुभयो ।

उहाँले परीक्षा गाउँपालिकाको विधि, निधि र परिधिभित्र रहेर मर्यादित तथा निष्पक्ष रुपमा सञ्चालन हुने समेत दाबी गर्नुभयो ।

हामीले उहाँलाई शिक्षक नियुक्तिको बिषयमा अनियमितता भएको आरोप छ नि भनेर प्रश्न गर्यों उहाँले हामीले गाउँपालिकाबाट हुने हरेक साना ठुला योजनाको गुणस्तरीयता र पार्दर्शिताको निमित्त सधैं सजग भएर दिनरात नभनि राम्रो र गुणस्तरीय काम पार्दशिताका लागि लड्नेले सामान्य शिक्षक नियुक्तिमा अनियमितताको आरोप लगाउँनु गलत रहेको बताइन उनले आरोप प्रमाणित भए कानुनी कार्वाही भोग्न तयार रहेको र यस्ता गलत कुराको अनावश्यक भ्रम नछर्न उनले आग्रह गरेकि छन् ।

त्यस्तै सोहि बिषयमा बोल्दै गाउँपालिका शिक्षा शाखा प्रमुख लाल बहादुर कुँवरले अहिले करार शिक्षक नियुक्तिको बिषयमा बाहिर प्रचार भएजस्तो नियुक्तिको बिषयमा नभएको उनले बताए । उनले शिक्षक नियुक्तिको बिषयमा जुन बिद्यालयमा शिक्षक आवस्यक छ सोहि बिद्यालयले बिज्ञापन गर्ने र बिद्यालय व्यावस्थापन समिति अध्यक्ष परिक्षा समिति संयोजक बिद्यालय प्रअ सदस्य सचिव गाउँपालिका शिक्षा शाखा सदस्य एक जना र बिषयगत शिक्षक आवस्यक्ता अनुसार रहने गरि परीक्षा सञ्चालन हुने उनले बताए ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।