प्रधानमन्त्रीलाई ज्ञापन पत्र

0 308

सूर्य सुनार
८जेठ, गुल्मी । भ्रष्टाचार विरुद्ध मानव अधिकार एलाइन्स जिल्ला शाखा गुल्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मानव अधिकार एलाइन्स जिल्ला शाखा गुल्मीका अध्यक्ष रिता बराल पाण्डेले सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

नक्कली भुटानी शरणार्थी बनाई नेपाली नागरिकलाई तेस्रो मुलुकमा पठाउने कार्यमा सरकारका केही उच्च पदस्थ कर्मचारीहरु, पूर्व मन्त्रीहरु लगायत संलग्न भएको भन्ने समाचारप्रति मानव अधिकार एलाइन्स जिल्ला शाखा गुल्मीकोको गम्भीर ध्यानाकार्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । सरकारका केही उच्च पदस्थ कर्मचारीहरु, केही मन्त्रीहरु र उनका नातागोताका व्यक्तिहरु समेत संलग्न भइ गलत ढंगले नागरिकहरुलाई अन्य मुलुकमा पठाउनु भनेको मानव तस्करी गर्ने कार्यमा राज्यका अंगहरुको दुरुपयोग भएको ज्ञापनपत्रमा उल्लेख छ ।

नीति निर्माता र राज्य सञ्चालकहरु नै मानव तस्करी लगायतका अपराधिक गतिविधिमा संलग्न हुनु भनेको राज्य व्यवस्था, शासन प्रणाली, राजनीतिक दलहरु र कानुनी शासनप्रति अविश्वास सिर्जना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पुयाउने विषय हो । यस्ता अपराधिक सिंजाली घटनाहरु कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषी माथि कडा कारवाही गर्नुपर्दछ ।आम जनसमुदायमा राज्य व्यवस्था, राज्यका अंग तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था तथा राजनीतिक दलहरुप्रति विश्वास र भरोसा सिर्जना गर्नका लागि विभिन्न समयमा भएका भ्रष्टाचार सम्बन्धी सम्पूर्ण घटनाहरुको निष्पक्ष र पारदर्शी ढंगले छानविन गर्न, दोषीलाई कानुनको कठघरामा उभ्याउन र मुलुकको विद्यमान कुनै पनि प्रकारका मानव तस्करी नियन्त्रण गर्न सरकार समक्ष मानव अधिकार एलाइन्स जिल्ला शाखा गुल्मी जोडदार माग गरेको छ ।

ad

साथै अनुसन्धान प्रक्रियालाई सहयोग गरी मुलुकमा अपराध नियन्त्रण गर्न, सुशासनको प्रत्याभूति कायम गराउन र मानव अधिकारको प्रत्याभूति गराउन सम्पूर्ण सरोकारवालाहरु समक्ष जोडदार माग गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।