चन्द्रकोटमा ३ दिने प्राविधिक सीप विकास तालिम सम्पन्न

0 1,752

 

महेश बोहरा, जेठ १२ गुल्मी
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ३ दिने प्राविधिक सीप विकास तालिम सम्पन्न भएको छ । नेपाल सरकार उद्योग बाणीज्य तथा आपुर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत तालिम सम्पन्न भएको हो । जेठ ९ गते देखि संचालन भएको तालिमको शुक्रबार समापन गरिएको छ । गाउँपालिकाभित्रका ८ वडाहरूबाट २४ जनालाई तालिम प्रदान गरिएको छ ।

सीप सिकेर मात्रै नहुने भन्दै कार्यवहाक अध्यक्ष विष्णुप्रसाद भण्डारीले सीपलाई ब्यवसायीक बनाउन आग्रह गरे । उनले तालिमले कृषकलाई कृषि यन्त्र उपकरण मर्मत गर्ने सजिलो हुने बताए । ग्रामिण ठाउँमा पनि यान्त्रीकिकरण भएको उल्लेख गदै अब मर्मत गर्ने समस्या नहुने उनको भनाई थियो । साथै सहभागीहरुले पनि तालिम पश्चात धेरै बिषयको जानकारी भएको बताएका छन ।

ad


शुक्रबार भएको समापन कार्यक्रममा चन्द्रकोट गाउँपालिका कार्यवहाक अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षता, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश चन्द्र शर्मा, वडा अध्यक्षहरू, लेखा अधिकृत, कार्यक्रमका सम्पर्क व्यक्ति, सहजकर्ता लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय कृषि अनुसन्धान केन्द्र खुमलटारका बैज्ञानिक एस–१ गंगाराम भण्डारीको प्रशिक्षण तथा अष्टदिप एग्रो ईन्जिनियरिङ्ग बुटवलका सिनियर मेकानिक गणेश चौधरीले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा सहभागिहरूलाई सीप विकास तालिमको प्रमाणपत्र साथै प्रत्येक सहभागिलाई आवश्यक टुलसेट समेत प्रदान गरिएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।