गुल्मीमा पहिलो पटक चारपाङ्गे महिन्द्रा गाडीको शोरुम स्थापना

0 2,238

प्रेम सुनार
गुल्मी, जेठ १५ । हाल सम्म दुई पाङ्गे गाडीका रुपमा चिनिने मोटरसाईकल जिल्ला भित्रै खरिद बिक्रिको सुविधा भईरहेकोमा सोमबार गणतन्त्र दिवसको अवसर देखि चारपाङ्गे्र गाडीको बिक्रि वितरणको सुविधा पनि सुरु भएको छ ।

अग्नि ग्रुपद्धारा गणतन्त्र दिवसको अवसरमा महिन्द्रा गाडीको थ्रिएस सुविधा सहितको शोरुम स्थापना भए संगै गुल्मीमा पहिलो पटक जिल्ला भित्रै चारपाग्रे गाडी खरिद बिक्रिको शुभारम्भ भएको हो ।

शोरुपमको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले एक समारोहका बिच समुदघाटन गरेका हुन । महिन्द्राको थ्रिएस सुविधा अर्थात सेल्स, सर्भिस र स्पेयर पार्टस यी तिनवटै सुविधा सहितको शोरुम तम्घासको पुरानो बैंकरोडस्थित एन्जिला अटो मोबाईल्स प्रालिले स्थापना गरेको हो ।
त्यस प्रालिका प्रबन्ध निर्देशक ईश्वरी कँडेलले गत १३ बर्ष अघि देखि महिन्द्रा अटो मोवाईल्स कम्पनीका स्पेयर पार्टस मात्र बिक्रि वितरण गर्दै आएकोमा अब देखि उनले थ्रिएस सुविधा सहितको शोरुम आधिकारिक रुपमा बिक्रि विरण गर्ने अवसर पाएका हुन । कँडेलका अनुसार महिन्द्रा गाडी किन्ने ग्राहकहरुले थ्रिएस सेटअप अन्तरर्गत महिन्द्रा अटोमोवाईल्सका सबै श्रृंखलाकन उत्पादनहरु उबलब्ध गराउने छ ।

ad

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अग्नि कर्पोरेट गु्रप, लुम्बिनी प्रदेश म्यानेजर गोकुल खरेलले गत ३२ बर्षदेखि अग्नि ग्रुपले महिन्द्रा अटोमोवाईल्स सञ्चाल गर्दै आएको र लुम्बिनी प्रदेशको बुटवलमा २८ बर्ष देखि र गुल्मीमा गत १३ बर्ष देखि इश्वरी कँडेल अटोपार्टहरु बिक्रि वितरण गर्दै आएकोमा अब आधिकारिक शोरुपम समेत उहाँले नै सञ्चालन गर्ने जिम्मेवारीको धोषणा गर्न पाउँदा गर्व लागेको बताए ।

कार्यक्रममा गुल्मी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद पन्थीले महिन्द्रा अटोमोबाईल्सका चारपाङ्गे गाडी खरिद गर्न बुटवल र काठमाण्डौ धाउनु पर्ने , महिनौं र बर्षऔं कुर्नु पर्ने बाध्यताको अन्त्य भएको भन्दै खुशी ब्यक्त गरे ।

कार्यक्रमका बिशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले गणतन्त्र दिवसको दिन शोरुम स्थापना भएकोमा खुशी ब्यक्त गर्दै कानुनी कुरामा अफ्ठ्यारो परे ब्यवसायीहरुलाई सहयोग गर्ने प्रतिबद्धत्ता जनाए ।

त्यस्तै प्रम्ुख अतिथी रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थीले जिल्लामा कमाउने र बुटवल लगायतका ठुला शहरमा लगेर थन्काउनेहरुलाई इश्वरी कँडेल लगायतका युवा ब्यवसायीहरुले जिल्लामै लगानी गरेर देखाउनु उत्प्रेराणाको बिषय भएकोले निजी क्षेत्रलाई प्रोत्साहित गर्दै नगरपालिका अगाडी बढने उद्घोष गरे ।

पहिलो ग्राहक बने कुँवर

उद्घाटन समारोहमै सोही कम्पनीको स्कारपियो एस–५ गाडी तम्घास धागीथुमका समाजसेवी हिमाल कुँवरले ५६ लाख ५० हजारमा बुकिङ्ग गरेर जिल्ला भित्रैको शोरुपका पहिलो ग्राहकका रुपमा आफुलाई दर्ज गरेका छन । उनलाई मेयर पन्थीले उक्त गाडीको चाँवी हस्तान्तरण गर्दै सम्मान समेत गरे । कार्यक्रमका प्रमुख अतिथीहरुलाई मायाँको चिनो सहित सम्मान गरिएको थियो ।

कार्यक्रमा अग्निी ग्रुप अन्तरगत बालाजु अटो वर्कशपका रिजनल अफिसर केशव पोखरेल , लोक सुशिल अटो कन्र्सन प्रालिका निर्देशक प्रतिक श्रेष्ठ , लगायत पनि सहभागि थिए । अग्नी ग्रुपले भारतमा निर्मित महिन्द्रा कम्पनीका २३ थरी गाडीहरु नेपालमा बिक्रि बितरण गर्दै आएको छ । तिनीहरुका मुल्य २० लाख देखि करोड बढि सम्म रहेका छन ।
त्यस ग्रुप यस प्रदेशका म्यानेजर खरेलका अनुसार स्थानीय तह देखि प्रदेश र केन्द्र सम्मका सरकारी निकायहरुमा महिन्द्रा अटो मोबाईल्स कम्पनीका स्कार्पियो , बलेरो पिकअप , एक्सयुभी ५०० , टियुभी ३०० , केयुभी १० लगायतका गाडीहरु ९० प्रतिशत खपत हुने गरेका छन । पाहाडका कच्ची सडकमा समेत सहजरुपमा गुडने त्यस कम्पनीका गाडीहरुलाई नेपालको सन्र्धभमा ‘पाहडी रेल’ को संज्ञा समेत कतिपयले दिने गरेका छन । गुल्मीको मुख्य सडक बुटवल , पाल्पको प्रवेशद्धार रिडीमा पहिलो पटक २०३५ सालमा ट्याक्टर भित्रिएको रुरुक्षेत्र गाउँपालिका १ का पूर्ववडाध्यक्ष रामलाल वि.क बताउन्छन् ।


ट्याक्टर देखि जहाज सम्मको यात्रा

गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसालका अनुसार २०३९ सालमा सदरमुकाम तम्घासमा ट्याक्टर भित्रिएको थियो । जुन ट्याक्टर हेर्न मानिसहरुको अपाहर भिड् लागेको, फुलमालाले स्वागत गरेको र बाजातालमा नाँच गान गरेर हषेउल्लास मनाइएको थियो । ४० को दशक देखी ८० को दशकमा आइपुग्दा जिल्लाका स्थानीय तह र व्यपारीव्यवसायी घरनामा मानिसहरुले सुबिधा सम्पन्न स्कर्पियो लगायतका महँङ्गा गाडीहरु गुडाउन थालेका छन् ।
त्यति मात्र होइन् यसै दशकको पहिलो वर्ष रेसुङ्गा विमानस्थलमा नेपाल एअरलाइसको ट्वीनेटर विमान समेतले हरेक हप्ताको शुक्रबार बिहान काठमाडौँ तम्घास, तम्घास काठमाडौँ नियमित उडान भर्न सुरु गरेको छ ।
२०३९ सालमा ट्याक्टरको यात्रा गर्दा आफुको बेग्लै शान महशु््स गरेका रेसुङ्गा नगरपालिका १ का पुर्व वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे नियमित काठमाण्डौ तम्घास विमान उडानको पहिलो यात्री बनेर गुल्मी उत्रिदा बेहद खुशी प्रकट गरेका थिए । यस नगरका मेयर पन्थी फेरी तम्घास काठमाण्डौ उठानको यात्री बनेर पुगेका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।