तम्घास गुल्मीमा नबिल बैंकको नयाँ शाखा विस्तार

0 2,110

सूर्य सुनार जेठ १८, गुल्मी
नबिल बैंक लिमिटेडले गुल्मीको तम्घास मा नयाँ शाखा विस्तार गरेको छ। बिहीबार तम्घास शाखाको उद्घाटन रेसुङ्गा नगरपालिका गुल्मीका नगर प्रमुख खिलध्वज पन्थी र नबिल बैंक तम्घास शाखा प्रमुख सुरज भण्डारीले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो।
उद्घाटन कार्यक्रममा नगर प्रमुख खिलध्वज पन्थीले मुलुककै अग्रणी बैंक मध्येको एक नबिल बैंक भएको बताउँदै समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्न सामाजिक उत्तरदायित्व पुरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले बैक संचालन गर्दा कानुनी र सुरक्षाको हिसाबले कुनै समस्या परे जिल्ला प्रशासन कार्यालय सहयोग गर्न सधै तयार रहेको बताउनुभयो ।
बैकका तम्घास शाखा प्रमुख सुरज भण्डारीले नबिल बैंकको बारेमा ब

ताउंदै बैंकले तम्घास शाखा मार्फत आफ्ना सेवाग्राही तथा ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
यसअघि बैंकले केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी डिजिटल उद्घाटन गरेको थियो। स्थपनाको ३८ वर्ष पार गरेको बैंकले एक साथ देश भर ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

ad

‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ।

३८ नयाँ शाखामध्ये सबै भन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ। त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्घाटन गरिएको हो। ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ।

उद्घाटन गरिएका शाखा कार्यालयहरू देहायबमोजिम रहेका हुँदा सेवाग्राही तथा ग्राहकहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी नबिल बैंकको सरल र सवल सुविधा लिन आग्रह गरिएको छ । कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।