पर्यटकीय क्षेत्रको प्रचार गर्न “जाँउ हिड रेसुंगा” अभियान सुरु

एक बर्षमा करिब एक लाख पर्यटकहरु ल्याउने योजना

0 374

जेठ २१ गुल्मी – पर्यटकीय क्षेत्र रेसुंगाको प्रचार प्रसार गर्नका लागि रेसुंगा नगरपालिकाले जाँउ हिड रेसुंगा अभियानको सुरुवात गरेको छ ।
आइतबार एक कार्यक्रमका बीच नगरप्रमुख खिलध्वज पन्थीले सो अभियानको सुरुवात गर्नुभएको हो । अभियानको सुरुवात गर्दै पन्थीले रेसुंगा क्षेत्रको प्रचार प्रसार गरी पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नका लागि नगरले सो अभियान संचालन गरेको बताउनुभयो । चालु आर्थिक वर्षमा करिब एक लाख आन्तरिक र बाह्य पर्यटकहरुलाई रेसुंगामा ल्याउने गरी आफूहरुले योजना बनाएको उहाँको दाबी छ ।

पर्यटनको माध्यमबाट रेसुंगाको प्रचार प्रसार र युवाहरुलाई रोजगारी सृजना गर्ने गरि आफूले योजना बनाएको उहाँको भनाई छ । अभियानमा जाँउ हिड रेसुंगा लेखिएको टिशर्ट लगाएर रेसुंगासम्म पुगेर फर्किने कार्यक्रम तय भएको हो । रेसुंगा र अयोध्या बिचको सम्बन्ध त्रेता युगदेखि नै रहेको छ ।

ad

अयोध्याका राजा दरथलाई सन्तान नभएपछि रेसुंगा क्षेत्रमा तपस्या गरेका ऋषि श्रृङ्गले अयोध्या पुगेर पुत्रेष्टी महायज्ञ गरेपछि सन्तान नभएको कथा रहेको छ । यहि कथा अनुसार रेसुङ्गा र अयोध्या बीच सम्बन्ध रहि आएको विभिन्न बेद पुराणहरुमा उल्लेख छ ।

यो सम्बन्धलाई प्रगाढ गर्न भन्दै केहि दिन अघि रेसुंगामा सन्त सम्मेलन गरिएको थियो । अहिले फेरि जाँउ हिड रेसुंगा अभियानले पनि यो सम्बन्धलाई थप प्रगाढ बनाउने संकल्प गरिएको छ । सो अभियानमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, राजनीतिक दल, सरोकारवाला सहित पत्रकारहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।