मुक्ति समाज लुम्बिनी प्रदेश कमिटिको अध्यक्षमा कृष्ण विश्वकर्मा निर्वाचित

0 1,606

सूर्य सुनार जेठ २२, गुल्मी
नेपाल उत्पीडित जातिय मुक्ति समाज लुम्बिनी प्रदेश कमिटिको प्रथम अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा कृष्ण विश्वकर्मा निर्वाचित हुनुभएको छ । आइतबार भएको प्रथम अधिवेशन बाट विश्वकर्माको नेतृत्वमा ७७ कार्यसमिति निर्माण भएको हो ।

यस अघि गुल्मी जिल्लाको अध्यक्ष रहनुभएका विश्वकर्मा लुम्बिनी प्रदेश कमिटिको अधिवेशनबाट लुम्बिनी प्रदेश कमिटिको अध्यक्ष हुनुभएको हो । उहाँले जिल्लामा अध्यक्ष रहँदा जातको आधारमा हुने विभेदको अत्यका लागि सधै क्रियाशिल भएर काम गर्नुभएको थियो ।
नेपाल उत्पीडित जातिय मुक्ति समाज लुम्बिनी प्रदेशको अध्यक्ष हुर्दै उहाँले “भन्नुभयोे दलित समुदायलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरिएकाले अब कुनै पनि पार्टीले त्यस्तो गरे मान्य नहुने बताउनुभयो । दलित समुदाय माथि कुनै पनि प्रकारको विभेद गरेको पाएमा आफूले त्यसको विरोध गर्दै आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई खबरदारी गर्ने बताउनुभयो । समेत गर्ने प्रतिवद्धता जनाउनुभयो । संविधानले दलित समुदायलाई दिएका हक अधिकारहरुलाई व्यवहारमा कार्यान्वयमा लैजाने बताउनुभयो ।

सम्पन्न अधिवेशनले विश्वकर्माको नेतृत्वमा उपाध्यक्ष टंकराज विश्वकर्मा, उपाध्यक्ष पुरन परियार, सचिब डिल बहादुर परियार, सहसचिब सागर परियार, सहसचिब सूर्यमान पासवान, कोषाध्यक्ष टिका सुनार र सदस्य गरी ७७ जनाको कार्यसमिति गठन गरेको छ ।
नेकपा एमालेका सचिब छविलाल विश्वकर्माको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य एवंम नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय कमिटिका सहइन्चार्ज बोम बहादुर विश्वकर्मा मुक्ति समाजका केन्द्रिय अध्यक्ष मनहर विश्वकर्मा लगायतको उपस्थित रहेको थियो ।

ad

विश्वकर्मा नेकपा एमालेमा विगत २५ वर्षदेखी सक्रिय रुपमा राजनिति गर्दै आउनुभएको छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।