महेन्द्र माविमा आधुनिक विज्ञान प्रयोगशाला स्थापना

0 781

सूर्य सुनार जेठ २३, गुल्मी
विज्ञान विषयको अध्ययनको क्रममा प्रयोगत्मक शिक्षाको पनि आवश्यक हुन्छ । शिक्षा सिकाईको क्रममा पढाई र प्रयोगत्मकलाई सहज बनाउनको लागि महेन्द्र नमूना माध्यामिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला स्थापना भएको छ । प्रयोगशाला स्थापना भएपछि विद्यार्थीलाई सहज हुने अपेक्षा विद्यालयको छ ।

विद्यालयमा अध्ययनरत विज्ञान विषयका विद्यार्थीलाई प्रयोगात्मक काम गरी जानकारी लिन प्रयोगशाला स्थापना गरिएको विद्यालयका प्रधानाध्यपक कृष्णप्रसाद मरासिनीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकारको १३ लाख र विद्यालयको ३ लाख गरी १६ लाख लागतमा विज्ञान प्रयोगशाखा स्थापना गरिएको हो ।
हाल विद्यालयको कक्षा कोठामा अलग्गैरुपमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीले प्रयोगात्मक कार्य सहजरुपमा सिक्न पाउने भएका छन् ।” उच्च गतिको इन्टरनेटसमेत जडान गरी विद्यालयलाई सूचना प्रविधिसँग जोडिएर सिक्न पाउँदा विद्यार्थीहरु निकै खुशी भएका छन् ।

विद्यालयमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीको सिकाइको कार्य निकै प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले बताउनुभयो । उनका अनुसार विज्ञान प्रयोगशाला स्थापना भएपछि कक्षा ८, ९, १०, ११ र १२ का विद्यार्थी लाभान्वित हुने भएका छन् । पहिला विद्यालयमा प्रयोगशाला भएपनि व्यवस्थित नहुँदा विद्यार्थीका लागि आवश्यक पर्ने प्रयोगात्मक कक्षा सञ्चालन गर्न निकै समस्या थियो । अहिले आधुनिक विज्ञान प्रयोगशाला भएपछि निकै सहज भएको विद्यालयका प्रधानाध्यपक मरासिनीको भनाई छ ।
केही दिन अघि उक्त आधुनिक विज्ञान प्रयोगशाला ल्याबको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले उद्धघाटन गर्नुभएको थियो ।

ad

विद्यालयमा विज्ञान विषयका विद्यार्थीहरुले विज्ञान प्रयोगशालामा प्रयोगत्मक विधीबाट सिक्न पाउँदा निकै खुशी छन् । महेन्द्र नमूना माध्यामिक विद्यालयले जस्तै जिल्लाका अन्य विद्यालयमा पनि यसै गरी विज्ञान संकायका विद्यार्थीहरुलाई प्रयोगत्मक तरिकाले सिकाउने हो भने सिकाईमा धेरै सहज हुने देखिन्छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।