धुर्कोटमा लिफ्टिङ्ग प्रबिधिबाट खानेपानी घरघरमा

0 147

अनिल खत्री जेठ २९, गुल्मी

वषौंदेखि खानेपानीको समस्यामा रहेका गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाको हर्रे टोल वासीको घरघरमा खानेपानी पुगेको छ । खानेपानीकै लागि दैनिकी बिताउने नागरिकको घरघरमा लिफ्टिङ्ग प्रबिधिबाट खानेपानी पुगेपछि अहिले सहज भएको छ ।
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाको वडानम्बर ५ वस्तुको हर्रे टोलमा घरघरमा खानेपानी पुगेको छ । जीवनमै पहिलोपटक घर आगानमा खानेपानीको धारा र पिउनेपानी पाएसँगै नागरिकलाई सहज भएको हो ।
एक गार्गी पानी लिनकै लागि घण्टौं हिडेर पानी ल्याउनु पर्ने अवस्था रहेको थियो । त्यसको अत्य लिफ्टिङ्ग प्रबिधिबाट घरघरमा खानेपानी पुगेको छ । खानेपानी घरघरमा पुगेपछि नागरिकहरु खानेपानी ल्याउने समय वचत भएको छ । त्यो समयमा

खानेपानीको चरम अभाव रहेका स्थानहरुमा स्थानीय सरकारले बिस्तारै पिउने पानी नागरिकको घरघरमा पुर्याउन थालेको छ । गाउँपालिकाले अबको २ वर्ष खानेपानी नपुगे सबै स्थानहरु खानेपानी पुर्याउने लक्ष्य रहेको छ ।

ad

प्रदेश र संघिए सरकारको ८६ लाख ५९ हजार, धुर्कोट गाउँपालिकाको ८ लाख र स्थानीय नागरिकको गरि १ करोड ५९ लाख ३ सय २४ रुपैयाँको लागतमा उक्त खानेपानी आयोजना सम्पनन भएको छ ।
वस्तु हर्रे टोलका १ सय ८ घरमा घरघरमा रहेका धारामा पानी पुगेको हो । झण्डै चार वर्षमा सम्पन्न भएको आयोजनाबाट ६ सय ५० जना लाभान्वित भएका छन् । धुर्कोट गाउँपालिकाका ५ हजार ३८२ घरधुरी मध्ये ३ हजार ६५० जनाको घरधुरीमा खानेपानी पुगेको छ । पालिका भित्रका १ हजार ७३२ घर धुरीमा खानेपानी पुग्न बाँकी रहेको छ । पछिल्लो ६ वर्षको अबधीमा १७ करोड ७ लाख रुपैयाँ खानेपानीको क्षेत्रमा खर्च भएको छ ।
अनिल खत्री नेपाल टेलिभिजन लुम्बिनी प्रदेश गुल्मी

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।