रास्वपाको गुल्मीमा पार्टी कार्यालय स्थापना

0 461

३० जेठ, गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टीले गुल्मी जिल्ला सदरमुकाम तम्घासमा पार्टी कार्यालय स्थापना गरेको छ । पार्टीले मंगलबार जिल्ला सदरमुकाम तम्घासमा प्रभातफेरिको कार्यक्रम गर्दै तम्घासको खानिगाउँमा जिल्ला पार्टी कार्यालय स्थापना गरेको हो ।
रास्वपाले जिल्लाका ३ वटा पालिकामा पालिका स्तरका कमिटी निर्माण गरेको राष्ट्रिय स्वातन्त्र पार्टी चन्द्रकोट गाउँपालिका सचिब कमल खत्रीले बताए । जिल्लामा हालसम्म ३ सय जना नयाँ सदस्य पार्टीको कमिटीमा अबद्ध भएको रास्वपा गुल्मीका जिल्ला संयोजक युभि पोखरेलले बताए ।
कार्यालय स्थापनाका लागि जिल्लाका बिभिन्न स्थानबाट कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।