गुल्मीको रेसुङ्गाबाट साप्ताहिक दुई उडान हुने 

0 233

 

अनिल खत्री

३० जेठ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन उडान हुने भएको छ । विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजलले हप्ताको एक दिन शुक्रवार मात्रै उडान गर्दै आएको थियो ।

ad

जिल्लाबाट नियमित हवाई सेवा सुरु भइरहँदा यात्रुको निकै चाप बढेको छ । १८ सिटे क्षमताको जहाज भएपनि यहाँबाट ६० देखि ७० जना सम्मका यात्रुले सिटको माग गरेको थिए ।

त्यसैलाई मध्य नजर राखेर नेपाल एयरलाइन्सको जहाजले हप्ताको एक दिन थपेर बुधबार उडान हुने भएको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताए । अब रेसुङ्गा विमानस्थलबाट बुधवार र शुक्रावार दुई दिन उडान हुनेछ ।

रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ लाग्नेछ ।      त्यस्तै काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने र बिहान ७ बजेर ४५ मिनेटमा रेसुङ्गा विमानस्थलबाट काठमाडौं फर्किने समय तालिका रहेको छ ।

काठमाडौंबाट रेसुङ्गा विमानस्थल सम्मको दुरी ५० मिनेटको रहेको छ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ ।

रेसुङ्गा विमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।