गुल्मीमा अचेत अवस्थामा फेला परेका झबिन्द्रको मृत्यु

0 72

जेठ ३१,२०८० गुल्मीः गुल्मीमा अचेत अवस्थामा फेला परेका ६० वर्षीय झबिन्द्र मरासिनीको मृत्यु भएको छ ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नं ९ उपल्लो तम्घासका ६० वर्षीय झबिन्द्रप्रसाद मरासिनी वडा नं ७ साखिनेडाँडामा अचेत अवस्थामा फेला परेका थिए । उपचारका लागि मरासिनीलाई जिल्ला अस्पताल लगिएकोमा अस्पतालले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
निजको शबलाई बुधबार दिउँसो गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको पाण्डेले बताए । मरासिनीका दूई वटी श्रीमती रहेको र केही दिनदेखी घरमा एक्लै रहेको स्थानीयहरुले जनाएका छन् ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।