मालिका गाउँपालिकाको आफ्नै पाठ्यपुस्तक

0 121

अनिल खत्री असार ०२, गुल्मी, गुल्मी जिल्लाको मालिका गाउँपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरेको छ । पालिकाले एक कार्यक्रमका बीच ‘हाम्रो मालिका’ नामक स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लागु गरेको हो ।
गुल्मी जिल्लाको मालिका गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयमा आफनै पाठ्यपुस्तक लागु गरेको छ । पालिका भित्रका सबै विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म हाम्रो मालिका नामक पाठ्यपुस्तक लागु गरेको हो ।

गाउँपालिकाले स्थानीय स्तरका कला, सँस्कृति, रीति रिवाज, परम्परा, चाडपर्व, विभिन्न स्थानीय जातका सामग्रीहरु सबै समेटेर पाठ्यपुस्तक तयार गरेको हो । गाउँपालिकाले अघिल्लो वर्ष आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागु गर्नको लागि शैक्षिक व्यक्तित्वसँग छलफल गरि परामर्श लिएको थियो । त्यसपछि पाठ्यपुस्तक निर्माणको लागि समिति तथा विभिन्न उपसमिति बनाएर गाउँपालिकाले काम गरिरहेको थियो । स्थानीय पाठ्यपुस्तकमा व्यवहारिक र व्यवसायिक शिक्षालाई प्राथमिकता दिइएको छ ।

पछिल्लो समय ग्रामीण भेगमा पनि आधुनिकताले छोएसँगै परम्परागत पेशा वा अन्य कुरा हराउँदै जान थालेका छन् । गाउँपालिकाले ती कुराहरुलाई जस्ताको त्यस्तै पाठ्यपुस्तकमा उतारेको छ । यसले गर्दा पछिल्लो पुस्तामा पनि नयाँ ज्ञान प्राप्त हुनेछ ।

ad

गाउँपालिकाले २०८० लाई शैक्षिक सुधार वर्षको रुपमा घोषणा समेत गरेको छ । स्थानीय पाठ्यक्रममा आधरित पाठ्यपुस्तकले शिक्षा सुधारलाई थप टेवा पुग्ने गाउँपालिकाको अपेक्षा छ । गाउँपालिकाले अघिल्लो वर्ष आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागु गर्ने निर्णय यसवर्ष कार्यान्वयनमा ल्याएको हो ।

गाउँपालिका भित्रका ५३ सामुदायिक तथा ५ निजी गरि ५८ विद्यालयका चार हजार भन्दा बढी विद्यार्थीले हाम्रो मालिका नाम स्थानीय पाठ्यपुस्तक अध्ययन गर्न थालेका छन् ।

 

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।