कफी उत्पतिको जननी गुल्मीमा छलफल

0 88

नेपालमै कफी खेतीको सुरुवात भएको जिल्ला गुल्मीमा बिसं १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बिउ आपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेती सुरुवात भएको पाइएको छ । कफी उत्पतिको जननी जिल्लाको रुपमा रहेको गुल्मीमा कफी खेतीसम्बन्धी समस्या समाधान र उत्पादन बढाउने उदेश्यले कृषकसँग छलफल गरिएको छ ।
कृषि ज्ञानकेन्द्र गुल्मीले कफी खेतीमा आकर्षण गराउने र उत्पादन बढाउने उदेश्यले कृषकहरुसँग छलफल गरेको छ । जिल्लाका बिभिन्न स्थानका कफी कृषकहरुका समस्याहरुको बारेमा जानकारी लिने र समस्या समधान गरेर उत्पादन बढाउने उदेश्यले कृषकहरुसँग कार्यक्रम गरिएको हो । कफी उत्पादन बढाउन स्थानीय तहले उत्पादनलाई बढाउन कफी खेतीमा कार्यक्रमहरु ल्याउनु पर्नेमा सहभागी कृषकहरुको जोड थियो । कफी उत्पादन गर्ने कृषकलाई भने सेतो गवारोका कारण उत्पादन गर्न समस्या परेको कृषहरुको भनाई छ ।
कफी उत्पतिको जननी जिल्लाको रुपमा रहेको गुल्मीमा कफी खेती तर्फ आकर्षण बढाउने प्रयास गरिएको छ ।

गुल्मीबाट कफी खेतीको सुरुवात भएपनि स्याङजामा सबैभन्दा धेरै कफी रोपण गरिएको पाइएको छ । जिल्लामा ०७८÷०७९ मा २ सय २५ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ । गतवर्ष २८ मेट्रीक टन कफी उत्पादन भएको थियो । जिल्लामा १ हजार ७ सय ४० जना कृषक कफी खेतीमा आबद्ध रहेका छन् । जिल्लामा उत्पादन भएको कफी जापान कोरियामा अत्याधिक माग रहेको छ । तर सेतो गवारो रोगका कारण यहाँबाट माग अनुसारमा कफी उत्पादन हुन सकेको छैन् ।
अनिल खत्री नेपाल टेलिभिजन लुम्बिनी प्रदेश गुल्मी

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।