गुल्मीमा लम्पी स्किन रोगले १५० गाइ गोरु मरे ,पाँच हजार संक्रमित

0 72

पछिल्लो समय लम्पि स्किन रोगको संक्रमणका कारण गुल्मीमा १५० गाइ गोरु मरेको पाइएको छ ।

जिल्लाका १२ वटै स्थानीय तहमा फैलिएको उक्त रोगका कारण जिल्लामा १५० गाइगोरु मरेको र करिव पाँचहजार पशुहरु संक्रमण भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफलेले जानकारी दिए ।

पहिले पशुहरुमा उच्च ज्वरो आउने ,कल्चौडादेखी शरिरका विभिन्न भागहरुमा गिर्खा आउने र पाक्ने जस्ता लक्षणहरु देखा पर्ने गरेको उनले बताए । पशुहरुमा देखा पर्ने उक्त लक्षणहरुमा बिशेष गरी लामखुट्टे र झिंगाहरुबाट सर्ने गर्दछ ।

ad

यो रोग विशेष गरी गाइगोरुमा देखा परेको र भैसीहरुमा बिरलै भएको काफलेको भनाई छ । दुध दिने गाईहरुमा उक्त रोग देखा परेपश्चात आधा जति दुधमा कमि आएको कार्यालयले जनाएको छ । लम्पी स्किप रोगको संक्रमणका कारण १० प्रतिशत पशुहरुको मृत्युदर हुने संभावना रहेको काफलेले बताए ।

उक्त रोगलाई न्यूनिकरण गर्नका लागि कार्यालयले प्राविधिक र बिज्ञ सेवा प्रदान गर्दै आएको कार्यालयले जनाएको छ । कार्यालयमा बजेट नभएकाले स्थानीय तहहरुसंग सहजीकरण गरी आफूहरुले प्राविधिक र विज्ञ सेवाहरु प्रदान गर्दै आएको काफलेले बताए ।

जिल्लामा स्थानीय तहहरुको सहयोगमा पशुहरुमा करिव २५ लाख रुपियाँ बराबरको औषधि र भ्याक्सिन लगाइएको छ ।

यता धुर्कोट गाउँपालिकाका भूपाल पोखरेलले पालिका भित्र एक दर्जन भन्दा वढी पशुहरु मरिसकेको बताउँदै हजार भन्दा वढी पशुहरुमा भ्याक्सिनहरु खरिद गरेर लगाइसकेको बताए ।

जिल्लामा रहेको विज्ञ केन्द्रलाई प्रदेश सरकारले राम्रोसंग ब्यवस्थापन गर्न नसक्दा यस्ता माहामारीहरुमा कुनै काम नरहेको पोखरेलको भनाई छ ।

नामको मात्रै विज्ञ केन्द्रको औचित्य नभएको भन्दै स्थानीय सरकारलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको धारण छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।