लुम्बिनीले ल्यायो ४० अर्ब ४७ करोडको बजेट

0 96

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको छ । आउँदो वर्षको बजेट सार्वजनिक गदै लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले चालु तर्फ १३ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको हो ।
कुल बजेटको ३३।६८ प्रतिशत नियमित खर्च हुने भएको छ । पूँजीगत तर्फ २३ अर्ब २५ करोड रुपैयाँ अर्थात ५७।४५ प्रतिशत रहेको छ । वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

स्रोतमध्ये आन्तरिकतर्फ ६ अर्ब ७३ करोड, राजश्व बाटफाटबाट ११ अर्ब ३१ करोड रुपैयाँ, रोयल्टीबाट २९ करोड, स्थानिय तहबाट बाडफाड भई प्राप्त हुने राजश्व २ अर्ब ५० करोड रुपैयाँ स्रोत हुनेछ । संघीय सरकारको वित्तिय समानिकरण अनुदानबाट ८ अर्ब १४ करोड, शसर्त अनुदानबाट ५ अर्ब ८३ करोड, समपुरक अनुदानबाट ८४ करोड र विषेश अनुदानबाट ५६ करोड रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ ।

त्यसबाहेक चालु आर्थिक वर्षको सञ्चित ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड रुपैयाँ परिचालन हुने अनुमान गरिएको छ । लुम्बिनीले अघिल्लो वर्ष ४२ अर्ब ४३ करोड रुपैयाँको बजेट ल्याएको थियो । चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार अर्थात कुल बजेटको ३१ दशमलव २६ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार अर्थात कुल बजेटको ५७ दशमलव ४१ प्रतिशत विनियोजन गरेको थियो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।