इस्मा १ हस्तिचौर : पूर्ण संस्थागत प्रसुति वडा घोषणा

0 128
  • इस्मा गाउँपालिकाको हस्तिचौर पूर्ण संस्थागत प्रसुति वडा घोषण

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरलाई पूर्ण संस्थागत प्रसुति वडा घोषणा गरिएको छ । इस्मा गाउँपालिका स्वास्थ्य शाखाले सोमबार हस्तिचौर स्वास्थ्य चौकीमा घोषणा सभाको आयोजना गरि पूर्ण संस्थागत प्रसुति वडा घोषणा गरिएको हो । इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले वडा नम्बर १ हस्तिचौर र हस्तिचौर स्वास्थ्य चौकीलाई सम्मानपत्र दिँदै वडालाई पूर्ण संस्थागत प्रसुति वडा घोषणा गर्नुभयो ।

पूर्ण संस्थागत प्रसुति वडा घोषणा गर्नका लागि सबै मापदण्ड पूरा गरेर वडालाई पूर्ण संस्थागत वडा घोषणा गरिएको हस्तिचौर स्वास्थ्य चौकीका इञ्चार्ज शमशेर हक मियाँले जानकारी दिए । उनका अनुसार गएको एक वर्षमा वडा भित्रका गर्भवती महिलाहरूले स्वास्थ्य चौकीमा मात्र प्रसुति गराएका छन् । हस्तिचौर वडामा घरमा प्रसुति हुने अवस्थाको अन्त्य भएको छ ।

ad

हस्तिचौर वडाका वडाध्यक्ष शेर बहादुर कुँवरले आर्थिक र सामाजिक अवस्था कमजोर हुँदाहुँदै पनि वडालाई पूर्ण संस्थागत प्रसुति वडा घोषणा गर्न सकिएकोमा खुसी ब्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडालाई पूर्ण संस्थागत प्रसुति घोषणा गर्दै गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले स्वास्थ्य क्षेत्रमा संवेदनशील भएर काम अगाडि बढाएको बताए । नागरिक मैत्री सेवाको लागि इस्मा गाउँपालिका सदैव तयार रहेको बताउँदै गाउँपालिका अध्यक्ष खड्काले स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरेको बताएका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।