योग दिवसको अबसरमा गुल्मीमा सामुहिक योग अभ्यास

0 114

अनिल खत्री असार, गुल्मी
अन्तर्राष्ट्रिय योग दिवसको अबसरमा गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सामुहिक योग अभ्यास र स्वास्थ्य परिक्षण गरिएको छ । कतिपय रोगहरु योग अभ्यासका कारणले समाधान हुने भएकाले पनि यसप्रति आकर्षण बढदो छ ।
गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मी र पतंजली योग समितिको आयोजनमा नवौं योग दिवसको अबसरमा सामुहिक योग अभ्यास र स्वास्थ्य परिक्षण गरिएको हो । ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने नाराका साथ गरिएको कार्उक्रममा स्वास्थ्य शिबिरमा सुगर, प्रेसर र तौल जाँच गरिएको थियो ।
दिवसको अबसरमा जिल्ला स्थिगत बिभिन्न सरकारी कार्यालयका प्रमुख, नागरिकहरुको सहभागितामा योग अभ्यास गरिएको थियो । योग अभ्यासमा योगका बिभिन्न चरण बारे पतंजली योग समिति गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी र अभ्यास गराउनु भएको थियो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली बिभिन्न उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।
योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने मान्यता रहि आएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।