तम्घासको महेन्द्र माविमा व्यवस्थापकीय क्षमता विकास तालिम

0 235

सूर्य सुनार असार ८ गुल्मी
सरकारले प्रत्येक विद्यालयको व्यवस्थापन तथा शौक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयमा व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरेको छ । उनीहरुको निश्च्ति काम, कर्तव्य र अधिकार कानूनत व्यवस्था गरेको छ । विद्यालयमा उनीहरुले गर्नुपर्ने काम, कर्तव्य र अधिकारको बारेमा तम्घासमा रहेको महेन्द्र नमूना माध्यामिक विद्यालयले व्यवस्थापकीय क्षमता विकास तालिम दिएको छ ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका १ स्थित महेन्द्र नमूना माध्यामिक विद्यालयले व्यवस्थापकीय क्षमता विकास तालिम सम्पन्न गरेको हो । विद्यालयको आयोजनामा एक दिने विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र विद्यालय प्रशासनलाई क्षमता विकास तालिम दिएको हो ।
जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले विद्यालय गुणस्तरीय सिकाइ केन्द्रको रुपमा विकास गर्न विद्यालय व्यवस्थापन समिति एवंम शिक्षक अभिभावक संघले निर्वाह गर्नुपर्ने भूमिका बारे जानकारी गराउनुभएको थियो ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघलाई नीतिगत व्यवस्था र संघिय एव्म स्थानीय तहका कानुनले तोकेका काम कर्तव्य र अधिकार बारेमा, विद्यालयमा संघ, प्रदेश स्थानीयतह बाट शिक्षा लक्षित कार्यक्रम कार्यान्वयको विधी, पद्धती र प्रक्रियाबारे व्यवस्थापन समितिलाई मरासिनीले जानकारी गराउनुुभएको थियो ।
जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख मरासिनीले यो तालिम निकै महत्वपूर्ण भएको बताउँदै यसले विद्यालयमा धेरै कुरा सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ad

महेन्द्र नमूना माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले विद्यालय व्यवस्थापन, शिक्षक अभिभावक संघ र शिक्षकका काम, कर्तव्य र अधिकारबारे कानुनमा उल्लेख गरेका कुराहरु स्पष्ट बुझन पाउँदा निकै खुशी लागेको बताउनुभयो । साथै यो तालिमले विद्यालयका गतिविधीहरु संचालन गर्न धेरै सहज भएको बताउँदै आगमी दिनमा पनि विद्यालयले यस्ता कार्यक्रमको आयोजना गर्ने बताउनुभयो ।

२००९ सालमा स्थापना भएको महेन्द्र नमूना माध्यामिक विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा लिनुका साथै समय समयमा विद्यार्थीहरुमा नयाँ तथा रचनात्मक कार्यक्रम गर्दै आएको छ । जसले गर्दा यस विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।