अनिल खत्री
१० असार, गुल्मी । गुल्मीदरबार गाउँपालिकामा १५ शप्याको अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको वडानम्बर ३ को धुरेलडाँडामा १५ शय्याको अस्पताल भवन निर्माणको काम भइरहेको छ ।
भवनमा अहिले रङ्गा रोगन र सरफाईको काम मात्रै बाँकी रहेको छ । भवन निर्माणको प्रगती ९५ प्रतिशत भएको गुल्मी दरबारगाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्यालले बताउनुभयो ।
नेपाल सरकारले २०७७ साल मंसिर १५ देशभर रहेका स्थानीय तहमा अस्पताल निर्माण गर्न एकै पटक शिलान्यस गरेको थियो । तर जिल्लाका अन्य स्थानीय तहमा भने अस्पताल निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ ।
गुल्मीदरबार गाउपालिकामा निर्माण भएको भवनको २०७७ साल मंसिर १५ गते तत्कालिन लुम्बिनी प्रदेशका सांसद कमलराज श्रेष्ठले शिलान्यास गर्नुभएको थियो । कुल १८ करोडको लागतमा भवन तयार हुन लागेको भवनको अर्जुन बिल्र्डस प्रालिले निर्माण गरेको हो ।
भवन यहिँ असार मसान्त सम्म निर्माण सक्नुपर्ने मिति रहेको छ । भवनमा लिफ्ट सिस्टकसँगै अत्यधुनिक खालको रहेको छ ।
हाल गुल्मीदरबार गाउँपालिकामा हाल ४ वटा वडामा वर्थिङ्ग सेन्टर सञ्चालनमा रहेको छ । भने २ वडामा सुरक्षित गर्वपतन सेवा उपलब्ध रहेको छ ।
गाउँपालिकामा हाल स्वास्थ्य चौकी बाहेक अन्य कुनै पनि अस्पताल रहेका छैनन् । त्यहाँका नागरिकले सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम तम्घास र पाल्पा, बुटवल जानुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा पालिकामै १५ शय्याको अस्पताललाई संचालनमा ल्याउने भएको छ ।
त्यसको लागि गाउँपालिकाले २०८० / ०८१ सालको नीति तथा कार्यक्रममा एम.वि.वि. एस. डाक्टरको नियुक्ति गरी विशेषज्ञ सेवा प्रवाह गर्ने भएको छ । गाउँपालिकामा एम.वि.वि. एस. डाक्टर सहितको सेवा सञ्चालनमा ल्याउदा यहाँका धेरै नागरिक स्वास्थ्य सेवा लिन अनेत्र जानुपर्ने बाध्यताको अन्त्य हुने लक्ष्य गाउँपालिकाले लिएको छ ।
गुल्मीदरबार गाउँपालिका पूर्ण पोषणमैत्री गाउँपालिका घोषणा भएको छ । केहि दिन अघि पालिकालाई पूर्ण पोषणा मैत्री बनाउन पालन गर्नपर्ने सबै सूचक पुरा गरेर पालिका पूर्ण पोषणमैत्री घोषणा गरिएको हो ।
त्यस्तै गाउँपालिकाले नसर्ने रोग क्यान्सर, सुगर जस्ता विभिन्न रोगबाट बच्न ‘हाम्रो गाउँ स्वास्थ्य बनाउ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । नागरिकको खानपान बिभिन्न कारणले नसर्ने रोगका बिरामीहरु बढलै जान थालेपछि त्यसको रोकथाम र जनचेतनाको लागि उक्त कार्यक्रकम गरिने स्वास्थ्य शाखा संयोजक अर्यालले बताउनुभयो ।
गाउँपालिकामा निर्माण भएका अत्यधुनिक भवनहरुमा तोकिए अनुसारका सेवा सुबिधा सहितका डक्टरहरु उपलब्ध नभए ठूला भवनले कुनै अर्थ राख्ने छैन् । अहिले पनि दुर्गम गाउँवस्तीमा बिशेषज्ञ डक्टरहरु जान र बस्न नमान्ने समस्या रहेको छ ।
जिल्लाका अन्य पालिकामा १५ शय्याका र जिल्ला सदरमुकाम तम्घासमा पनि ५५ शय्याको अत्यधुनिक भवन निर्माणको काम भइरहेको छ ।
सम्बन्धित